Nepalisahitya.com को मोबाइल एपको दोस्रो संस्करणको सफल लोकार्पण सम्पन्न

0
72

अर्जुन प्रधान
अमेरिका – नेपाली भाषा साहित्यलाई विश्वभर फैलाउने उद्देश्यले विश्व भूटानी साहित्यिक संगठनद्वारा संचालित इ-पत्रिका Nepalisahitya.comको मोबाइल एपको दोस्रो संस्करणको लोकार्पण कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रमको सभाध्यक्ष कर्ण गुरूङ रहनुभएको थियो। प्रमुख अतिथिमा डा. गोबिन्दराज भट्टाराई तथा अन्य विशिष्ट अतिथिहरू अनेसास पूर्व अध्यक्ष गीता खत्री, ज्ञानबहादुर क्षेत्री, गंडकी पुत्र, ओम ढुंगेल, डा. योगेश खाती, कबि बिप्लव प्रतीक, धनराज गीरी, डेन्जोम साम्पाङ, आभाष रिखाम, शेखर कोईराला, जय बान्तवा , अर्जुन उप्रेती र देबिभक्त श्रेष्ठ को उपस्थिति कार्यक्रममा विशेष आकर्षण रहेको थियो।

सभाध्यक्ष कर्ण गुरूङले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै Nepalisahitya.com को यो प्रयासले नेपाली साहित्यलाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। साथै नेपाली साहित्य समचार साखाको लागि सम्पादक समिति खगीन्द्रा खुशी र दिलीप घिमीरे रहनुभएको छ ।

प्रमुख अतिथि डा. गोबिन्दराज भट्टाराईले नेपाली भाषा र साहित्यको डिजिटल युगमा प्रवेशको महत्त्वलाई जोड दिनुभयो। उहाँले एपको नयाँ संस्करणले विश्वभरका नेपाली साहित्यप्रेमीहरूलाई साहित्यिक सामग्रीमा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेमा आफ्नो विश्वास व्यक्त गर्नुभयो।

अन्य अतिथिहरूले पनि Nepalisahitya.com को प्रयासको प्रशंसा गर्दै यसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्यलाई एक कदम नजिक ल्याउनेमा आफ्नो समर्थन व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा, महासचिव पातलो अन्तरेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपाली साहित्यलाई डिजिटल माध्यमबाट अझ व्यापक बनाउन संगठनले निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो कार्यक्रमले नेपाली साहित्यप्रेमीहरूलाई उत्साहित गर्दै, साहित्यिक क्षेत्रमा डिजिटल क्रान्तिको सुरुवात गर्ने महत्त्वपूर्ण माइलस्टोन स्थापित गरेको विश्व भूटानी साहित्यिक संगठनका सस्थापक अध्यक्ष तथा स्वीकारोक्ति फ़ाउन्डेशन का प्रवर्तक डेन्जोम साम्पाङले धारण ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here