चितवनमा ४ सवारी साधन ठोक्किदा १ को मृत्यु, २२ घाइते

0
42
तस्विर: सामाजिक सञ्जाल

काठमाडौं- चितवनको नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज गए राति ४ सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । उक्त दुर्घटनामा परी अन्दाजी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ भने २२ जना घाइतेहरुको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा र अन्य ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज गए राति १२ः३० बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटना पश्चात् राति रातभरी नै सडक अवरुद्ध भएको थियो भन्े आज बिहानबाट सवारी साधन २ तर्फी रुपमा सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here