दिल्लीस्थित ‘न्यू बर्न वेवी केयर’ अस्पतालमा आगलागी हुँदा ६ जना नवजात शिशुको मृत्यु

0
47

भारतको राजधानी नयाँ दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न वेवी केयर’ अस्पतालमा शनिबार राति भएको आगलागीमा परी सात बालबालिकाको मृत्यु भएको छ भने उक्त घटनामा परी घाइते भएका अन्य छ शिशुहरुलाई उद्वार गरी त्यहाँको एक अस्पतलको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गरेका छन् । “दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ,” राष्ट्रपति मुर्मूले एक्स ‘ट्वीटर’ मा लेखेका छन् ।

राष्ट्रपति भन्छन्, “शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस् । यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

यस घटनाप्रति दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि दुःख व्यक्त गरेका छन् । केजरीवालले एक्समा लेखेका छन्, “बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ । यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं ।”

केजरीवालले भनेका छन्, “सरकार र प्रशासनका अधिकारीहरू घटनास्थलमा नै घाइतेहरूको उपचारमा व्यस्त छन् । यस घटनाको कारणबारे अनुसन्धान भइरहेको छ र यो लापरबाहीका लागि जो कोही पनि जिम्मेवार छ, उसलाई छुट दिइने छैन ।”

भारतको राजधानी नयाँ दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले पनि यस घटनालाई गम्भीरतापूर्वक लिँदै कडा कदम चाल्ने आश्वासन दिएका छन् । सौरभ भारद्वाजले भन्छन्, “मैले स्वास्थ्य सचिवलाई वर्तमान स्थितिको बारेमा अद्यावधिक गर्न भनेको छु । दोषीलाई छुट दिइने छैन । लापरवाही गर्ने वा कुनै पनि गलत कार्यमा संलग्न हुनेलाई कडाभन्दा कडा सजायको हुनेछ ।”

आगलागीको कारण खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताएका छन् । अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो तर तीमध्ये १ जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । आगलागीमा परी ५ जना नवजात शिशुको मृत्यु भएको र अन्य ५ जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

‘न्यू बर्न व्यवी केयर’ सेन्टरका मालिक नवीन किची भने उक्त घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने भरार रहेका नविन किचीको खोजी कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here