कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविताकृति संग्रहको लोकर्पण

0
83

कवि अभागी थेगुवाले ‘सपनाहरुको बही’ कविताकृति संग्रह वजारमा ल्याउनुभएको छ ।

श्रष्टा पव्लिकेसन्सद्धारा प्रकाशित उहाको कविता संग्रहको शुक्रवार दमकमा एक कार्यक्रमका बीच लोकापर्ण गरिएको साहित्कार याम थुलुङले जानकारी दिनुभयो । वरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यता तथा पूर्वका अग्रज श्रष्टाहरुको उपस्थितिमा कृतिको संयुक्त रुपमा लोकापर्ण गरिएको हो ।

श्रष्टा पव्लिकेशन्सका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कृति सार्वजनिक समारोहमा कृतिमाथि श्रष्टा तथा सामाजिक क्षेत्रका अगुवाहरुले नेपाली साहित्यीक क्षेत्रमा यस कृति पठनयोग्य भएको चर्चा गरेका थिए ।

कृतिमाथि लेखक थेगुवाले कृतिको विषयवस्तु प्रकाश पार्नुका साथै कृतिको एउटा कविता सुनाउनुभएको थियो । कृति सार्वजनिकरण कार्यक्रममा प्रकाश थाम्सुहाङ, लीला अनमोल, प्रकाश बुढाथोकीसहितका श्रष्टाले कृतिको विषयमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा प्राज्ञहरु मुनाराज शर्मा, सुमित्रा वाङदेल, चन्द्र भण्डारी, शिवशंकर थापा, हेम अधिकारी, हस्त परियार, पुन्य प्रसाद खरेल, बिवस बलिभद्र कोइराला, कृष्ण बराल लगायतका श्रष्टाको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा श्रष्टा पव्लिकेशन्सको औपचारिक रुपमा उद्घाटन समेत गरिएको थियो । कार्यक्रममा स्वागत पब्लिकेसनका याम थुलुङ्ग र सहजीकरण कवि राजकुमार सुब्बा अनिश्चितले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here