♠लक्ष्मी गौतम
आज धेरै दिनपछि
अतितका पानाहरू
पल्टयाउन मन लागेको छ
किन हो किन
त्यहि नमिठो बिगतलाइ
सम्झेर बेस्सरी रून
मन लागेको छ ।
यथर्था
कोपिला फक्रिएर फूल बन्छ ।
तर फूलबाट कोपिला कहीलै हुदैन ॥
यहि ता होला जीबन साथी
माथिल्ला गाउंबाट झरेकी
चिटिक्क परेकी
ए मेरी साथी
सगै मेलापात गरेकी
अनि पधेरामा पानी भरेकी
ए मेरी साथी
बिर्सेकी ता छैनौ
सगै गोठालो गरेकी ए साथी
आतितको कहानी हाम्रो पनि छ नि
आउन तिमी र म मिठा मिठा कुरा गरौ
यो पानाभरि एउटा समरी भरौं ॥
आर्काको घर गहियो
अनि पराई कै भइयो ॥
साथी यति धेरै विश्वास थियो
तिमी माथी खै कुन देशमा पसिछौ
गरि बसिछौ साथी॥