इरान – अमेरिका युद्दन्मुख, इरानबाट अमेरिकी हवाई अखडामा आक्रमण

0
718

२३ पौष, काठमाण्डौ । आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको बदलामा  इराकमा रहेका अमेरिकी सैन्य अखडाहरुमा इरानले ब्यालेष्टिक क्षेप्यास्त्रहरु आक्रमण गरेपछि दुई मुलुकबीचको तनाव अझ बढी चुलिएको छ।

आफ्ना सैन्य अखडामा हमला भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपयुक्त र आवश्यकता अनुसार जवाफ दिने ट्विटमार्फत प्रतिक्रिया दिएका छन । अमेरिका र इरानबीच ४१ बर्षपछि देखिएको यो तहको तनाव पुनः देखिएपछि युद्द नै हुनेखालका अड्कलबाजी चलिरहँदा अमेरिकी राष्ट्रपतिको नरम धारणा बाहिर आएको हो ।

सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लिइएयता इरानले अमेरिकाविरुद्ध गरेको सबैभन्दा प्रत्यक्ष प्रकृतिको हमलापछि इरानी नेताहरुले भने  तत्काललाई सुलेमानीको हत्याको प्रतिशोधमा गरिएको मंगलबारको हमला सांकेतिक भएको बताएका छन ।

इरानी सर्बोच्च नेता आयातोल्लाह खामेनेईले मध्यपूर्बबाटै अमेरिकी फौज हटाउने उदेश्यप्रेरित इराकमा रहेका अमेरिकी सैनिक अखडामा हमला गरिएको बताएका छन ।

इरानी राष्ट्रपति हसन रूहानीले पनि सुलेमानीको हत्याको प्रतिक्रिया स्वरूप इरानले दिने “अन्तिम जबाफ” सबै अमेरिकी सैन्यलाई “उक्त क्षेत्रबाट बाहिर निकाल्नु” हुनेछ।

इरानले मंगलबार राति एक दर्जनभन्दा बढी क्षेप्यास्त्रहरूले इराकी राजधानी बग्दादको पश्चिमस्थित एरबिल र अल असदमा रहेका दुई अमेरिकी सैनिकका हवाई अखाडामा प्रहार गरेको थियो । सो आक्रमणमा ८० जना भन्दा बढी अमेरिकी सैनिक मारिएको इरानी दाबी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here