सिरिएमा इन्टर मिलान, एफए कपमा आर्सनल बिजयी

0
637

२२ पौष, काठमाण्डौ । ईन्टर मिलान सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा ईन्टर मिलानले नापोलीलाई ३–१ गोल अन्तरले हरायो ।

ईन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गरे भने लौरेन्टो मार्टिनेजले एक गोल गरे । नापोलीका आर्काडियाउज मिल्लिकले एक गोल फर्काए । जितसँगै इन्टर मिलान सिरिए फूटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै सोमबार राति नै भएको एफएफ कप फुटबलमा आर्सनल बिजयी भएको छ । उसले तेस्रो चरणमा लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै चौंथो चरणमा स्थान सुरक्षित गरको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा नेल्सनले निर्णायक गोल गरेका थिए । उनको यो एफए कपमा पहिलो गोल हो ।

प्रिमियर लिगमा क्रिस्टलसँगको खेलअघि आर्सनल एफएफ कपको चौंथो चरणमा पुगेको हो । लिगमा आर्सनलले शनिबार क्रिस्टलको सामना गर्दैछ । अब आर्सनलले चौंथो चरणमा बर्नेमाउथको सामना गर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here