अमेरिकी सैन्य अखडामा इरानी हमलापछि ट्रम्पको सम्बोधनः इरान निचो परो

0
775

२४ पौष, काठमाण्डौ । इराकमा रहेका अमेरिकी सैन्य अखडामा मंगलबार राति इरानले आक्रमण गरेपछि बुधबार अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्पले सम्बोधन गर्दै सुलेमानीको हत्यापछि इरान निचो परेको टिप्पणी गरेका छन ।

ट्रम्पका अनुसार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको छ । ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको दावी गरेका छन ।

आफ्ना एक जना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले मंगलबार राति इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका त्यस्ता शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरको थियो । इरानी दावी अनुसार ती आक्रमणमा ८० जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here