पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामाको विमोचन

0
615

असार ७/
पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामाको आज बिर्तामोडमा विमोचन गरिएको छ ।
कृतिको साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले विमोचन गर्नु भयो । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले भट्टराईको नयाँ कृतिमा पहिलो समिक्षा गर्नु भयो ।
त्यस्तै अर्का समिक्षक पत्रकार चन्द्र भण्डारीले अश्वत्थामाले धार्मिक र आध्यात्मिक क्षेत्रमा फरक धार स्थापना गर्न सफल भएको औल्याउनु भयो । लेखिएको पुस्तक विल्कुल नयाँ र रोचक रहेको उहाँको भनाई थियो ।
त्यस्तै, पत्रकार बसन्त बस्नेतले अस्वत्थामा नयाँ खोज भएको टिप्पणी गर्नु भयो । उहाँले महाभारतभित्र रहेको प्रशंगमाथि चलाइएको कलमले नेपाली समाजमा लेखकले नयाँ मान्यताको स्थापित गर्ने बताउनु भयो ।
लेखक भट्टराईले अश्वत्थामा लेखनले नयाँ चुनौति थपिएको बताउनु भयो । धार्मिक क्षेत्रमा कलम चलाउने विषय सजिलो नभएको उहाँको भनाई थियो । कृष्ण धरावसीको राधा पढेर अस्वत्थामाको रचना गरेको सुनाउदै उहाँले आफ्नो नयाँ कृतिले धेरै मान्यताहरु भत्काउने दाबी गर्नु भयो । अश्वत्थामालाई सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here