झापाको पश्चिम दक्षिणि क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी , खोरमा पालेका कुखुरा समेत मार्न थाले

0
889

असार ७/
झापाको पश्चिम दक्षिणि क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । गौरादह, गौरिजञ्ज लगायतका क्षेत्रमा भुस्याहा कुकुरहरुको संख्या वृद्धि हुँदै जाँदा गाउँघरमा पशुपंक्षीमा क्षति पु¥याएर गाउँमा आतंक फैलिएको छ । कुकुरहरुको संख्या हुल बाँधेर गाउँ घर तथा सडकमा हिंड्दा मानिसहरुलाई समेत झम्टने गरेका छन् । गाउँलेहरुले चरनका लागि खेतमा बाँधिएका चौपायहरु दिउँसो पानी खुवाउन जाँदा मरेको वा घाइते अवस्थामा भेटेका छन् ।
गौरादहमा फर्ममा पालिएका बोइलर कुखुराहरुलाई भुस्याहा कुकुरले आक्रमण गरेर ठूलो मात्रामा क्षति पु¥याएको छ । अस्ति बिहिबार राति गौरादह ३ का ज्ञानु कार्कीको कुखुराको फर्ममा पालेका कुखुरालाई कुकुरले आक्रमण गरी १ सय १० वटा कुखुरा मारेका छन् । बिक्रि गर्ने समयका कुखुरालाई कुकुरले मार्दा करिब ७० हजार मूल्य बराबरको नोक्सानी भएको कार्कीले बताउनु भयो ।
यसैगरि दुई दिन अगाडि गौरादह–२ का गोपिनाथ तिम्सिनाको पनि एकै रातमा २ सय वटा कुखुरा मारेको थियो । भुस्याहा कुकुरको कारण करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको तिम्सिनाले बताउनु भयो ।
ग्रामिण क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगि बढेकोले स्थानिय सरकारले यसको नियन्त्रण गर्नु पर्ने गाउँलेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here