१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालको विषय विवादित बनाउन खोज्नु अनावश्यक भएको बताएका छन । पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्यात्मक जवाफ दिदै ओलीले आफ्नो कार्यकाल अब ४/५ दिन मात्र बाँकि रहेको समेत बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन मात्रै बाँकी रहेको बताएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । पत्रिकाले लिएको अन्तर्वार्ताका क्रममा ओलीलाई सोधिएको दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि? भन्ने प्रश्नको जवाफ दिँदै ओलिले भने, ‘त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।’
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












