१८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालको विषय विवादित बनाउन खोज्नु अनावश्यक भएको बताएका छन । पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्यात्मक जवाफ दिदै ओलीले आफ्नो कार्यकाल अब ४/५ दिन मात्र बाँकि रहेको समेत बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन मात्रै बाँकी रहेको बताएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । पत्रिकाले लिएको अन्तर्वार्ताका क्रममा ओलीलाई सोधिएको दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि? भन्ने प्रश्नको जवाफ दिँदै ओलिले भने, ‘त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो।’
ताजा पोष्ट
ज्ञानेन्द्र गदाल गीत सम्मानसहित सात नेपाली स्रष्टा अमेरिकामा सम्मानित हुँदै
@अर्जुन प्रधान/अमेरिका
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर,...
ग्लोबल भुटानी हिन्दु संगठनद्वारा आचार्य पर्वत राज घिमिरे मुख्य पुजारीमा नियुक्त
@अर्जुन प्रधान
ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज...
न्यु ह्याम्पसायरमा नेपाली भाषी भुटानी र राजनीतिक बन्दीबारे ऐतिहासिक प्रस्ताव दर्ता
@अर्जुन प्रधान
न्यु ह्याम्पसायर — न्यु ह्याम्पसायर राज्य सभाको राज्य–संघीय सम्बन्ध र पूर्वसैनिक मामिला समितिमा भुटान सरकारद्वारा १९८० र १९९० को दशकमा नेपाली...












