१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा भएको गोलीकाण्डमा १२ जना मारिएका छन्। घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाका सन्दिग्धको पहिचान भइसकेको छ । संदिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी रहेको तथा सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाएको प्रहरीले दावि गरेको छ । गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्। भर्जिनिया बीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रवार चार बजेपछि गोली चलेका विवरण आउन थालेका थिए। घटना भएको क्षेत्रमा कैयौँ सरकारी भवन छन् र घटनाबारे प्रकाशमा आएपछि प्रहरीले घेरा हाली कर्मचारीहरूलाई निकालेको बीबीसीले जनाएको छ ।
ताजा पोष्ट
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...
हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न
अर्जुन प्रधान
हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...












