१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा भएको गोलीकाण्डमा १२ जना मारिएका छन्। घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाका सन्दिग्धको पहिचान भइसकेको छ । संदिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी रहेको तथा सरकारी भवनमा ‘अन्धाधुन्ध’ गोली चलाएको प्रहरीले दावि गरेको छ । गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सन्दिग्ध व्यक्तिको पहिचान खुलाइसकिएको छैन। घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्। भर्जिनिया बीच म्युनिसिपल सेन्टरमा स्थानीय समय अनुसार शुक्रवार चार बजेपछि गोली चलेका विवरण आउन थालेका थिए। घटना भएको क्षेत्रमा कैयौँ सरकारी भवन छन् र घटनाबारे प्रकाशमा आएपछि प्रहरीले घेरा हाली कर्मचारीहरूलाई निकालेको बीबीसीले जनाएको छ ।
ताजा पोष्ट
राजनीतिक संवाद पुनः सुरु, शीतल निवासमा शीर्ष नेताहरूको भेट
काठमाडौं — देशको राजनीतिक अन्योलका बीच संवादको सकारात्मक संकेत देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख...
भुटानी अभियान संयोजक राम कार्कीलाई पितृ शोक
भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीलाई पितृ शोक परेको छ।
उनका बुबा ९२ वर्षीय खड्गबहादुर...
भुटानमा ३५ वर्ष जेल जीवनपछि राजनीतिक बन्दी शा बहादुर गुरुङको रहस्यमय मृत्यु
'ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान' ले छानबिन तथा सम्पूर्ण राजबन्दीहरूको रिहाइको माग गरेको छ ।












