पार्टिलाई एक बनाएर लैजान केन्द्रका नेताहरुनै मिल्नु पर्ने कांग्रेस कार्यकर्ताहरुको भनाई , नेतृत्वलेनै गुट निर्माण गरेर कार्यकर्ताहरुलाई बिभाजन गरेको आरोप

0
689

जेठ १८/
पार्टिलाई एक बनाएर लैजान केन्द्रका नेताहरुनै मिल्नु पर्ने कांग्रेस कार्यकर्ताहरुले बताएका छन् । जनजागरण कार्यक्रम अन्तर्गत आज दमकमा भएको कार्यक्रमका सहभागिहरुले नेतृत्वलेनै गुट निर्माण गरेर कार्यकर्ताहरुलाई बिभाजन गरेको आरोप लगाए । कांग्रेस एक भएमा जुनसुकै निर्वाचनमा पनि जित्न सकिने अवस्था हुँदाहुँदै आपैंm भित्रको बेमेलले अरुले फाईदा उठाएको कांग्रेस कार्यकर्ताहरुको धारणा थियो ।
कार्यक्रममा देवी दाहाल, घनेन्द्रराज योङया, मन्दरा पौडेल, विश्वदिप लिङदेन, रामचन्द्र अधिकारी, लता चपागाईं लगायतका स्थानिय नेताहरुले आपैंm भित्रका गुटबन्दिले गर्दा कांग्रेस पराजित हुनुपरेको धारणा राख्नु भयो ।
दमक नगर सभापती रोशन विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका केन्द्रिय प्रतिनिधि दिपक बाँस्कोटा, संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बु, पार्टि झापा जिल्ला उपसभापती राम कट्टेलले जागरण अभियान बाट कांग्रेसले नयाँ जिवन पाउने बताउनु भयो । कार्यकर्ताको भावना बुभ्mनको लागिनै यो कार्यक्रमको आयोजना गरिएको बताउँदै उहाँहरुले कार्यकर्ताले दिएको सुझाव बमोजिम पार्टिका आगामी रणनिति र योजना बन्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here