आइसीसी विश्वकप क्रिकेटः इङ्ल्याण्डको बिजयी सुरुवात, साउथ अफ्रिका १ सय ४ रनले पराजित

0
599

१६ जेठ, काठमाडौं । विहिबारदेखि सुरु भएको आइसीसी विश्वकप क्रिकेटमा आयोजक इंल्याण्डले बिजयी सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङको मौका पाएको घरेलु टोली इंग्ल्याण्डले साउथ अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले हराउँदै सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डले दिएको ३ सय १२ रनको विशाल लक्ष्य पच्छ्याएको अफ्रिका ३९ दशमलव ५ ओभेरमा अलआउट हुँदै २ सय ७ रनमा समेटिएपछि इंग्ल्याण्डले सहज जित निकालेको हो । इंग्लाण्डका लागि कप्तान इयान मोर्गान, जोए रुट  र बेन स्टोकले अर्थसतकीय पारी खेले । उनिहरुले क्रमश ५१,५४ र ८९ रन बनाए । साउथ अफ्रकाका लागि क्विन्टन डिक र भान डेर डुसेन बाहेकले उल्लेख्य प्रदर्शन गर्न सकेन । डिक ककले ६८ र डुसेनले ५० रनको योगदान दिए । जितसँगै इंग्ल्याण्डले २ अंक बटुलेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार पाकिस्तान र वेष्टइण्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here