मेक्सिकोबाट आउने सबै सामानमा ५ प्रतिशत कर : ट्रम्प

0
499

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोले अमेरिका निर्यात गर्ने सबै सामानमा ५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्विटमार्फत ट्रम्पले जुन १० तारिखदेखि मेक्सिकोबाट अमेरिका आउने सामानहरूमा पाँच प्रतिशत कर लगाउने घोषणा गरेका हुन । यो क्रम गैरकानुनी आप्रवासनको समस्या निराकरण नभएसम्म अझ बढ्दै जाने उनले बताएका छन्। ट्रम्पले दक्षिणी सीमामा सङ्कट उत्पन्न भएको भन्दै राष्ट्रिय सङ्कटकाल समेत घोषणा गरेको बीबीसीले जनाएको छ । आफ्नो निर्वाचन अभियान र राष्ट्रपतिको कार्यकालमा ट्रम्पले अमेरिका-मेक्सिको सीमामा पर्खाल लगाउन आर्थिक स्रोत खोजिरहेका बेला यस्तो घोषणा सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here