फेरी दोहोरियो जापानी इतिहासः आकिहितोबाट जिवित रुपमै राज गद्दी त्याग

0
1230
तस्बिरः रोयटर्स

१७ बैशाख, काठमाण्डौ । जापानी इतिहासमा दोस्रो पटक मंगलबार जिवितछदै राजाले गद्दी त्यागेका छन । सम्राट आकिहितोले स्वास्थ्य समस्याका कारण राज गद्दी त्यागेको घोषणा गरेका हुन । पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउँदै गद्दी त्यागेका हुन । राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री लगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए। ३ बर्षअघि नै गद्दी त्याग्ने बताएका आकिहितोलाई कानुनी बाटो खुल्ला नहुँदा अप्ठ्यारो परेको थियो । जापानी संसदले राजाले जिवितै छदै पनि गद्दी त्याग्न सक्ने ब्यवस्था बनाएपछि उनले गद्दी त्यागेका हुन । अब बुधबार विहान उनका छोरा युवराज नारुहितोले क्रिसन्थेमम राजगद्दी सम्हाल्नेछन । राजनीतिक अधिकार नहुने जापानी राजालाई राष्ट्रिय प्रतीकका रूपमा मानिदै आएको छ ।  सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here