धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान

0
1425

बैशाख १८/
धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।
दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज एक कार्यक्रम गरि धिमाल भाषा, संस्कृतिमा खोजअनुसन्धान गर्ने प्राध्यापक डाक्टर तुलसी दिवस सहित चार जना विज्ञलाई सामूहिक सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा दिवस सहित धिमाल भाषामा विद्यावारिधी गर्ने डाक्टर कर्णाखर खतिवडा, खोजकर्ता डाक्टर जनक राई र डाक्टर सोमलाल धिमाल रहनुभएको छ ।
धिमाल जातिको भाषा, संस्कृति लगायतका क्षेत्रमा योगदान पु¥याँएवापत उहाँहरुलाई दोसल्ला ओडाएर सम्मानपत्रसहित सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष रक्कि धिमालले वताउनुभयो । उहाँहरुलाई प्रतिनिधिसभाका सांसद महेन्द्रकुमारी सुब्बा, धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमाललगायतले सम्मान प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा धिमाल जातिका आधा दर्जन बढी कलाकारहरुले गीत, नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको फाउण्डेशनका महासचिव मातृका धिमालले वताउनुभयो । कार्यक्रममा गायक गायीकाहरु रामकुमार धिमाल, अजय धिमाल, मेचु धिमाल, डिकबहादुर धिमाल, सञ्जिव धिमाल, हास्यकलाकार बिक्रम धिमाललगायतले आप्mनो प्रस्तुति दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here