१७ बैशाख, काठमाण्डौ । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) पुछारका दुई टीम रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैछ ।बिराट कोहलीको कप्तानीमा रहेको बैंगलोर र स्टिव स्मिथको कप्तानीमा रहेको राजस्थानबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । राजस्थान घरेलु टोलीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ । प्ले अफ संभवाना जीवित राख्न राजस्थानका लागि यो खेल जित्नै पर्ने दबाब छ । राजस्थानले १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले बैंगलोरलाई पराजित गर्दै राजस्थान प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ । यता, घरेलु टोली बैंलोरलाई अंक तालिका सुधार गर्ने चाहन्छ । पुछारको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगिताबाट बाहिरिसकेको बैंगलोरको अबका खेल औपचारिकतामा मात्र सिमित हुनेछन ।
ताजा पोष्ट
भर्जिनियाको डानभिलमा गोलीकाण्ड: एकको मृत्यु, पाँच घाइते, एक पक्राउ
ग्लोबलपोस्ट
भर्जिनिया राज्यको डानभिल शहरमा आइतवार बिहान ठूलो बाहिरी जमघटमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने...
साहित्यकार गणेश रसिकको निधन
काठमाडौं । गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा ३ घण्टाअघि रसिकको निधन भएको संगीतकार...
३५ वर्षपछि आवाज उठ्यो—भुटानी शरणार्थीको पीडा, न्यायको खोजी र अमेरिकी भूमिमा आशाको पुनरुत्थान
अर्जुन प्रधान— मे २८, २०२५
दशकौंदेखि न्याय खोजिगरिरहेको आवाजले अन्ततः कानुनी स्वरूपमा बदलिँदैछ। अमेरिकी राज्य ओहायोको संसदमा पेस गरिएको...