१७ बैशाख, काठमाण्डौ । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) पुछारका दुई टीम रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैछ ।बिराट कोहलीको कप्तानीमा रहेको बैंगलोर र स्टिव स्मिथको कप्तानीमा रहेको राजस्थानबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । राजस्थान घरेलु टोलीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ । प्ले अफ संभवाना जीवित राख्न राजस्थानका लागि यो खेल जित्नै पर्ने दबाब छ । राजस्थानले १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यसैले बैंगलोरलाई पराजित गर्दै राजस्थान प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ । यता, घरेलु टोली बैंलोरलाई अंक तालिका सुधार गर्ने चाहन्छ । पुछारको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगिताबाट बाहिरिसकेको बैंगलोरको अबका खेल औपचारिकतामा मात्र सिमित हुनेछन ।
ताजा पोष्ट
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...
“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...
Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...












