फेरी दोहोरिदै जापानी इतिहासः जिवित रुपमै राज गद्दी त्याग्दै आकिहितो

0
1424
तस्बिरःबीबीसी

१७ बैशाख, काठमाण्डौ । जापानी इतिहासमा दोस्रो पटक मंगलबार जिवित छदै राजाले गद्दी त्याग गर्दैछन । सम्राट आकिहितोले स्वास्थ्य समस्याका कारण राज गद्दी त्याग्न लागेका हुन । पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउँदै गद्दी त्याग्न लागेका हुन ।

तस्बिरःबीबीसी

३ बर्षअघि नै गद्दी त्याग्ने बताएका आकिहितोलाई कानुनी बाटो खुल्ला नहुँदा अप्ठ्यारो परेको थियो । जापानी संसदले राजाले जिवितै छदै पनि गद्दी त्याग्न सक्ने ब्यवस्था बनाएपछि उनले गद्दी त्याग्न लागेका हुन । उनले गद्दी त्यागेको भोलिपल्ट अर्थात बुधबार उनका छोरा युवराज नारुहितोले क्रिसन्थेमम राजगद्दी सम्हाल्नेछन । राजनीतिक अधिकार नहुने जापानी राजालाई राष्ट्रिय प्रतीकका रूपमा मानिदै आएको छ । सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here