दमकको एड्भान्स मल्टिस्पेसियालिष्ट हस्पिटलमा बालबालीकाहरुलाई दिईने सबै प्रकारको खोपहरु लगाउनको लागी खोप केन्द्र सञ्चालन

0
1173

बैशाख १६/
दमक ७ मा रहेको एड्भान्स मल्टिस्पेसियालिष्ट हस्पिटलले सेवा विस्तारको क्रममा जन्मे देखी ५ बर्ष भित्रका बालबालीकाहरुलाई दिईने सबै प्रकारको खोपहरु लगाउनको लागी खोप केन्द्र सञ्चालन गर्ने भएको छ । सरकारी स्तरबाट पाक्षिक रुपमा सञ्चालन हुँदै आएका खोप केन्द्रहरुमा दिईने खोप सुबिधाहरुलाई साप्ताहिक रुपमा दिने गरी खोप केन्द्र सञ्चालन गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । अस्पताल परिसरमा आज आयोजीत पत्रकार सम्मेलनमा जन्मेदेखी ५ बर्ष सम्मका बालबालीकालाई अनिवार्य दिनु पर्ने ७ प्रकारका खोपहरुमा थप अन्य खोप सहित निशुल्क सेवा दिनको लागी खोप केन्द्र सञ्चालन गरिएको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिनुभयो ।
सरकारी स्तरबाट पाक्षिक रुपमा मात्रै खोप केन्द्र सञ्चालन भएकोले सो समयमा कुनै वच्चा बिरामी भएमा खोप लगाउन छुट्ने लगायतका समस्या हुने भएकोले आफुहरुले साप्ताहिक रुपमा खोप केन्द्र सञ्चालन गर्न लागीएको उहाँले बताउनु भयो । बालरोग बिशेषज्ञ डाक्टर अनिल थापाको नेतृत्वमा सञ्चालन हुने खोप केन्द्रबाट सरकार मापदण्ड अनुसारकै सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनमा बाल रोग विषेशज्ञ डाक्टर थापाले सरकारले प्रदान गर्ने ७ प्रकारका खोप सहित ठेउला र जनै खटिरा रोगको प्रधिरोधात्मक खोप पनि लगाईने जानकारी दिनु भयो ।
अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर सन्तोष सुवेदीले २५ बेडको स्विकृति प्राप्त अस्पताल बाट हाल ७ जना बिषेशज्ञ डाक्टरहरु सहित, आईसियु, एन आईसियु लगायतका जटिल प्रकारका शल्यकृया समेत गरिंदै आएको बताउनु भयो । सुलभ दरमा नागरिकलाई उन्नत प्रकृतिको स्वास्थ्य सेवा प्रवाह गर्नको लागी स्वास्थ्य बिमा कार्यक्रम सहित अन्य बिभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको मेडिकल डाईरेक्टर सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here