अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

0
5

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु डेनभर : वृह्त तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को मुख्य आयोजनामा कोलोराडोको डेनभरमा शनिबारदेखि तीन दिने सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रुपमा उद्घाटन गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना, अनेसास कोलोराडो च्याप्टरको संयोजन, एनआरएनए एनसीसी अमेरिका लगायत संघ संस्थाहरुको सहयोगमा सुरु भएको सम्मेलनमा नेपाल, अमेरिका, युरोप लगायतका देशबाट आएका साहित्यकार, लेखक, पत्रकार तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायत दुई सय जनाको सहभागिता छ । कार्यक्रममा विभिन्न मुलुकबाट १२५ जना साहित्यकारहरुको मात्रै सहभागिता छ ।

कार्यक्रममा प्रमुख अतिथी डा.लम्सालसहित एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, प्रधानसम्पादक बसन्त बस्नेत, सम्पादक बबिता बस्नेत, नेपाल पत्रकार

महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल, चर्चित पूर्व प्रस्तोता नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा)का अध्यक्ष सुरज भण्डारी लगायत साहित्य परिषद् भूटान का अध्यक्ष खेम रिजाल, साहित्यकार गंगाराम लामिटारे , शिवलाल दहाल छन् ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका छन् । उद्घाटनपछि ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ लगायत दर्जन बढी महत्वपूर्ण सेसन तथा छलफलमा विभिन्न साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिदो नेपाली साहित्यका विषयमा विमर्श पनि हुँदैछ । सम्मेलन सोमबारसम्म चल्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here