बम राखेको भन्दै पत्र छाडेपछि त्रास

१० लाख नदिए ज्यानको खतरा

0
731

१० लाख नदिए ज्यानको खतरा 

२३ माघ २०७५
झापा/ झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नं १ कुञ्जिवारी स्थित युनिभर्सल वोर्डिङ्ग स्कुलमा बुधबार दिउसो बम भनेर राखिएको बस्तु फेला परे पछि स्थानीय बासिन्दा त्रसिद बनेका छन् ।
नाम नखुलाइएको पत्रबाट विधालयलाई सम्बोधन गरी १० लाख माग गरेर बम राखिएको जानकारी सहितको पत्र समेत फेला परेको शसस्त्र प्रहरी सुरक्षा बल गौरीगञ्जले जानकारी दिएको छ ।
मध्यान्ह तिर स्थानीय गणेश राजवंशी र वसन्त राजवंशीले बाँस काट्न जाने क्रममा स्कुलको वाल देखि ५ फुट उत्तरपट्टी वम जस्तो देखिने बस्तु फेला परे पछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थललाई घेरा हाली प्रहरीले बम डिस्पोज गर्ने टोलीलाई बोलाइएको शसस्त्र प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिनु भयो । खड्का अनुसार व्याट्री जस्तो देखिने बस्तु कालो टेपले बाँधेर बाकास जस्तो देखिने बस्तु बाँसको झयाँगमा राखिएको बताइएको छ । पत्रमा नगद प्रहरीमा जानकारी दिए ज्यानको खतरा हुने धम्की समेत दिइएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here