
कार्यक्रममा सहभागीहरूले टिपीएस, विभिन्न भिसामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरू, ग्रिन कार्ड होल्डरहरू नेपालमा ६ महिना भन्दा बढी बस्दा पर्ने समस्या, सिटिजन भएकाले आफ्ना आफन्तलाई लिएर आउने जस्ता प्रक्रिया र कागजपत्रका बारेमा प्रश्न गरेका थिए । कार्यक्रमको सुरुवात रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका माहसचिब टिका पौडेलले गरेका थिए ।
महा-वाणिज्य दूत प्रेमराजा महतले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए भने प्रसिद्ध देउडा गायक नन्द कृष्ण जोशीले नेपालमा धेरै कम मात्रले भिसा पाएको किन यस्तो भएको यसको लागि यहाँका संस्थाहरूले केही पहल गर्न सक्ने प्रावधान छ कि छैन भनेर प्रश्न गरेका थिए । नेपाल अमेरिका पत्रकार सङ्घका महासचिव किरण मरहट्टाले आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा एएनए अध्यक्ष मेदिनी अधिकारीको पनि उपस्थित थियो । अन्तमा सामूहिक तस्बिर लिए पछि महासचिव पौडेलले कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको बिआरटी नेपाल डट कम फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।