चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै नागरिक अभियन्ता डाक्टर गोविन्द केसी १६ औं अनशनमा

0
1218

पुष २५/
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आउनु भएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन बस्नु भएको छ । यसपटक अनशन बस्न केसी इलाम आउनु भएको छ । केसी इलामको सहरी विकास तथा भवन निमाण विभाग डिभिजन कार्यालयमा अनशन बस्नु भएको छ ।
१५ औं अनशनका क्रममा आफूसँग भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बस्नु भएको हो ।
“दुई तिहाइ बहुमतको सरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुट्ठीभर माफियाहरुको स्वार्थअनुसार कानुनै बनाउन लागिपरेको छ,” अनशन सुरु गर्नुअघि उहाँले सञ्चारकर्मीहरुसँग भन्नु भयो, “चिकित्सा शिक्षा विधेयक पारित गर्ने निर्णायक घडीमा आएर सरकार र सत्तारुढ पार्टीका नेताहरुले तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुट्ठीभर माफियाहरुको स्वार्थमा काम गरेका छन् ।”
डा. केसीले १५ औँ अनशन जुम्लामा गर्नु भएको थियो । माग पूरा नभएसम्म जुम्लामै अनशन बस्ने अडानविपरीत सरकारले बल प्रयोग गरेर २० औं दिनमा केसीलाई काठमाडौं ल्याएको थियो । डा. केसीलाई काठमाडौं ल्याउन स्थानीयले अवरोध गरेपछि प्रहरीले अस्पतालभित्रै लाठी चार्ज र अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here