अमेरिकामा छुरी लिएर टिनएजर खेदेको भन्दै रहस्यमय रूपमा नेपाली गिरफ्तार

0
636

एजेन्सी, अलाबामाको लमाइमस्टोन काउन्टीस्थित एउटा ग्रोसरी स्टोरमा काम गर्ने एक नेपाली गिरफ्तारीमा परेका छन् । ब्राउन्सफेरी रोड, एथेन्समा रहेको बी एण्ड के ग्रोसरी स्टोरमा क्लर्कका रूपमा काम गर्ने सुशील खतिवडा नामक नेपाली युवा गिरफ्तारीमा परेका हुन् । सोधिखोजी गरेपछि मात्र ग्रोसरी सञ्चालकले उनको गिरफ्तारीका बारेमा जानकारी दिएको रुममेटले बताए । ‘मैले सुशीलको बारेमा उसको बोसलाई सोधेँ,’ उनले भने,‘तिमीलाई थाह छैन र ? भन्दै उसले सुशीललाई प्रहरीले समातेको घटना सुनायो ।’

त्यसअनुसार एक हुल टिनएजर केटाकेटी उनी काम गर्ने ग्रोसरी स्टोरमा आएका थिए । उनीहरूले पिज्जा ताजा नभएको भन्दै पैसा घटाइदिन बार्गेनिङ गरेका थिए । सुशीलले पैसा नघटाएपछि ती केटाकेटीले उनलाई रिस उठ्ने गरी केही भने । त्यसपछि सुशीलले आफूसँग भएको छुरी निकालेर केटाकेटीलाई उनले खेदे ।

सुशीलले छुरी निकालेर केटाकेटी खेदेको भन्ने उनका रुममेटले विश्वास नै गर्न सकेका छैनन् । ‘उनीजस्तो असल मान्छे मैले आजसम्म भेटेको छैन,’ उनका रुममेटले भने । डब्ल्युएएवाई ३१ एबिसीले स्थानीय मानिससँग सुशीलको बारेमा कुराकानी गरेको थियो । ‘म उनको पिता जत्तिकै थिएँ,’ उक्त ग्रोसरी स्टोरमा नियमित गइरहने एक जना ग्राहकले डब्ल्युएएवाई ३१ एबिसीलाई भनेका छन्, ‘म उसलाई स्टोर वा यहाँ यार्डमा भेट्थेँ । ऊ आउँथ्यो हात मिलाउँथ्यो र अँगालो हाल्थ्यो ।’

उनका रुम मेट र ती ग्राहकले ज्यानमा जोखिम पर्ने अवस्था नआई सुशीलले छुरी निकालेको भन्ने सोच्न पनि नसक्ने बताए । ‘तिनीहरूले सुशीललाई ज्यानको धम्की दिइरहेका थिए,’ उनका रुममेटले भने, ‘हरेकले आफू सुरक्षित हुन त चाहन्छ नै ।’

उक्त ग्रोसरीमा काम गर्दा सुशीलले थुप्रै सङ्कट बेहोरेका छन् । गत महिना मात्र उनको टाउकोमा बन्दुक राखेर उक्त ग्रोसरी लुटपाट भएको थियो । त्यसपछि उनी अलि छुचो बनेका थिए । जड्याहाहरु त्यहाँ आउने, जे मन लाग्यो त्यही गर्ने, उनीहरूलाई रोक्न खोज्दा आक्रामक स्वभाव देखाउने कुरा नयाँ नभएको उनका रुममेटले बताएका छन् । डब्ल्यु एएवाई ३१ एबिसीले उक्त ग्रोसरी सञ्चालक नेपाल मोरङ जिल्लाको रङेली घर भएका सुभाश सत्यालबाट कुनै प्रतिक्रिया नपाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here