संगीतकर्मी भट्टराई नेपाली साझा समाज जापान द्वारा सम्मानीत

0
865

जापानमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेख्य योगदाना दिंदै आएका संगीतकार दिपक भट्टराईलाई नेपाली साझा समाज जापानले सम्मान गरेको छ । प्रवासमा रहेका संगीतकार भट्टराई नेपाली संगीतक क्षेत्रमा सक्रिय नाम हो ।

जापानमा यहि जनवरी ५ तारिखका दिन जापानको गुन्मा केन ओ्ईजुमीमा आयोजित बिशेष म्युजिकल कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियासिल भट्टराईलाई माहानायक राजेश हमालको प्रमुख आतिथ्यमा सम्मान गरिएको हो ।
नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा आयोजना गरिएको उक्त म्युजिकल च्यारिटी सो कार्यक्रममा महानायक राजेश हमाल,चर्चित आधुनिक गायक हेमन्त शर्मा र चर्चित लोक गायिका प्रिती आलेको बिषेश प्रस्तुति रहेको थियो ।

नेपालवाट आउनुभएका कलाकारहरुलाई मायाको चिनो हस्तान्तरण सहित जापानमै बसेर गित संगितमा निरन्तर सक्रिय संगीतकार दीपक भट्टराईलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम नेपाली साझा समाज जापानका अध्यक्ष बुद्दी शेरचनको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here