पीडित भूटानी अगुवालाई तेस्रो मुलुकबाट सहयोग जारी

भूटानी अगुवा राईको अवस्थामा सुधार

0
1437

भूटानी अगुवा राईको अवस्थामा सुधार

 

 

 

 

 

 

२३ पुस २०७५/डिकेश लामा
दमक/भूटानमा जेल जिवन समेत विताएका सामाजिक अगुवा सरमान राईलाई सहयोग मिल्न थालेको छ । ढेड महिना अघि अचानक प्यारालाइसिसबाट थला पर्नु भएका बेलडाँगी २ सेक्टर एच निवासी राईको अवस्थाबारे ग्लोवलपोष्टले समाचार सम्प्रेषण गरेको थियो । गत मंसीर २० गते सम्प्रेषित समाचार सयौंको संख्यामा हेर्ने र सेयर गर्ने क्रम बढे पछि सहयोगको क्रम समेत बढेको छ । हालसम्म राईलाई नेपाली रुपयाँ ४ लाख सहयोग प्राप्त भईसकेको राईले बताउनु भयो ।
ओछ्यानमा थला पर्नु भएका राईको हाल आएर स्वास्थ्यमा समेत सुधार आउन थालेको छ । राईको सहयोगका लागि खासगरी क्यानाडाको लण्डन सिटीमा बस्दै आउनु भएका सार्के राई र शरणार्थी शिविरमा बस्दै आउनु भएका दिप क्षेत्रीको अगुवाईमा अमेरिका, अष्ट्रलिया, क्यानाडा लगायत अन्य भूटानी समुदाय रहनु भएका मुलुकबाट समेत सहयोग मिलेको छ । सन् १९८९मा भूटानमा आन्दोलन हुँदा विरोध उत्रिएका राईलाई भूटान सरकारले पक्राउ गरी झण्डै अढाई बर्ष जेलमा कोचेर राखेको थियो । धेरै यातना पछि राईलाई देश छाड्ने सर्तमा रिहा गरे पछि उहाँ शरणार्थी बनेर नेपाल पसेका थिए । नेपालमा प्रवेश गरे पछि भूटानी शरणार्थी शिविरमा उहाँले झण्डै १५ बर्ष सामाजिक अगुवाको रुपमा काम समेत गर्नु भयो ।

See live video story by GlobalPost TV

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here