@अर्जुन प्रधान
नेपाली कविता र साहित्यलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यसहित सुरु गरिएको कविता रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोएट्री’ ले भूटानी बस्तीबाटै ऐतिहासिक यात्रा थालेको छ। नेपालका विभिन्न जिल्ला तथा भारतबाट सहभागी भएका एक सयभन्दा बढी कविहरूमध्ये छनोटमा परेका १४ जना कवि अहिले कविता र भावनामार्फत दर्शकसँग मनदेखि मनसम्म जोडिँदै भोट मागिरहेका छन्।
कार्यक्रमको आयोजना विश्व भूटानी साहित्यिक संगठन (GBLO) र बेल्डाँगी नाट्य परिवारले गरेको हो। भने माइ प्लेटफार्म (My Platform )को प्रस्तुति रहेको छ । संगठन का अध्यक्ष पातलो अन्तरे भन्नुहुन्छ “हामीले यस्तो अवसर पाएका थिएनौँ, तर आजको पुस्ताले यस्तो सुन्दर मञ्च पाउँदै गरेको देख्दा मनदेखि खुसी लागेको छ।”
झापाको दमक–बेलडाँगी क्षेत्रमा छायांकन भइरहेको यो कार्यक्रम माघ ४ गतेदेखि युट्युबमार्फत नियमित प्रसारणमा आएको हो। कविता केवल वाचनमा सीमित नभई प्रस्तुति, चेतना र सामाजिक संवादको सशक्त माध्यम बन्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्देशक केबल छेत्री ले बताएका छन्।
निर्देशनमा केबल छेत्री तथा सह–निर्देशन पवित्रा राई ले गरेका छन् भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङ ले गरिरहेका छन्।
कार्यक्रममा सहभागी कविहरूको मूल्याङ्कन साहित्यिक गहिराइ, प्रस्तुति शैली र भाव सम्प्रेषणका आधारमा भइरहेको छ। निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार तथा कविहरू हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात ददी रहेका छन्। सुन्दर कबिताबाट निर्णायक मण्डलको प्रतिनिधि गर्दै साहित्यकार सुमन स्मारिकाले सबैका लागि भोटको अपिल गर्नु भएको छ ।

‘मेरो कविता’ मा दर्शकको भूमिका निर्णायक बनाइएको छ। प्रत्येक चरणमा कविता प्रस्तुत गर्ने कविहरू दर्शकको भोटका आधारमा अगाडि बढ्ने वा बाहिरिने व्यवस्था गरिएको छ। यसले कवि र दर्शकबीच प्रत्यक्ष सम्बन्ध निर्माण गरेको आयोजकहरूको भनाइ छ।
भूटानी बस्तीभित्र कार्यक्रम आयोजना हुनु आफैंमा विशेष अर्थ बोकेको आयोजकहरूको धारणा छ। विस्थापन, पहिचान र स्मृतिको लामो संघर्ष बोकेको समुदायभित्रबाट साहित्यिक आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयासका रूपमा ‘मेरो कविता’ लाई हेरिएको छ।
निर्देशक केबल छेत्रीका अनुसार,
‘मेरो कविता’ केवल प्रतिस्पर्धा होइन, नयाँ पुस्तालाई कविता लेख्न, सुन्न र महसुस गर्न प्रेरित गर्ने अभियान हो।
आगामी चरणहरूमा कार्यक्रमलाई अझ विस्तार गर्दै अन्य देशसम्म पुर्याउने योजना रहेको र यस यात्रामा सबैलाई जोडिन आग्रह गरिएको छ।
कार्यक्रममा प्रस्तुत कविताहरूले समसामयिक राजनीतिक विकृति, नेताहरूको स्वार्थी खेल, देश बिग्रिनुका कारण र जनताप्रेमी नेतृत्वको आवश्यकतामाथि सशक्त आवाज उठाएका छन्। देश नयाँ दिशाको खोजीमा रहेका बेला कविहरूका सिर्जनाले जनचेतना, सही भोट प्रयोग र नागरिक जिम्मेवारीप्रति आशा जगाएको देखिन्छ।
देश बनाउनेहरूको दौडधुप जस्तै, कविहरूका कविताबाट पनि जनचेतना र लोकतान्त्रिक चेतको अभ्यास भइरहेको अनुभूति ‘मेरो कविता’ शोले गराएको छ।
भूटानी बस्तीबाट सुरु भएको यो कविता यात्रा अहिले डिजिटल माध्यममार्फत विश्वभरका नेपाली मनसम्म पुग्न थालेको छ—जहाँ शब्दले प्रतिस्पर्धा मात्र होइन, संवेदना र संवाद पनि जन्माइरहेको छ।
कविताको छन्द फेरि एकपटक नयाँ सुरुवातमा छ














जीवनका अनुभूति, संघर्ष र संवेदनालाई कवितामा उतार्दै उहाँहरू मनदेखि मनसम्म जोडिनु भएको छ।
यदि उहाँको कविता तपाईंलाई छोएको छ भने, भोट गरेर साथ दिनुहोस्
Khalti by IME App डाउनलोड गर्नुहोस्
QR Scan गर्नुहोस्
Voting Code छान्नुहोस्
तपाईंको एक भोट = कविताको एक कदम अघि












