भूटानी शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु

पहिलो दिनको खेलमा आयोजक भूटान अग्रस्थानमा

0
1556

पहिलो दिनको खेलमा आयोजक भूटान अग्रस्थानमा

१ पौष २०७५/डिकेश लामा
दमक/शरणार्थी शिविरमा पहिलो पटक अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु गरिएको छ । नेपाल, भारत र भूटानका १ सय ५५ खेलाडीहरुको सहभागितामा खेल आयोजना गरिएको छ ।
विभिन्न १३ वटा तौल समूहमा ९ वटा टिममा खेलाइएको खेलमा महिला तथा पुरुषको छुट्छुट्टै प्याराफिटमा खेल खेलाइएको छ । खेलको पहिलो दिन आज आइतबार आयोजक भूटान कराते फेडरेशनले १३ , नेपालले १० र भारतले १ वटा गोल्ड मेडल प्राप्त गरेका छन् ।

विश्व कराते फेडरेशन, एशियन कराते फेडरेशन, नेपाल कराते फेडरेशनका बरिष्ठ कोच र रेफ्री सहित खेलमा ९ जना कोच सहित रेफ्री टीमको सहभागी रहेका छ । खेलमा नेपालबाट ६, भूटानबाट २ र भारतबाट १ वटा टीम रहेका छन् । हरेक टिममा १७ जना खेलाडीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । खेलमा ६ बर्ष मुनिका खेलाडीको समेत सहभागिता रहेको छ ।

 

भूटान कराते फेडेरेशनको आयोजनामा भएको खेलमा तेस्रो मुलुक पूनर्वास भएका अगुवा भूटानी खेलाडी, स्थानीय बासिन्दा, शिविर व्यवस्थापन सहित अन्य सामाजिक संघसंस्थाको सहयोगमा खेल आयोजना गरिएको आयोजक टीमका कोच डम्बर मुखियाले बताउनु भयो । शरणार्थी शिविरमा पहिलो पटक भएको अन्तराष्ट्रिय स्तरको खेलले नेपाली समूदाय र अन्य देशका खेलाडीबीच सम्बन्ध थप प्रगाढ बनाउने खेलका मुख्य कोच योगेश राईले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here