अमेरीकामा डिल्ली अधिकारीलाई सोसियल हिरो अफ द ईयर, प्रधान, डिसि र महतलाई लाईफटाईम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिने

0
1045

ग्लोबलपोस्ट,पुष १/
अमेरिकामा हुन लागेको तेस्रो “नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८” मा नेपालका अग्रज चलचित्रकर्मी, संगितकर्मी, सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिने भएको छ । नेपाल बाहिर पहिलो पटक हुन लागेको उक्त बृहत कार्यक्रममा नेपलाका अग्रज निर्देशक बन्नी प्रधान सहित गीतकार बुद्धबिर लामा, लोक गायक प्रेमराजा महत, सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेस डिसि र सामाजिक व्यक्तित्व डिल्ली अधिकारीलाई सम्मान गर्न लागीएको हो । ‘तिलहरी’, ‘देउकी’ जस्ता सफल नेपाली चलचित्रका निर्देशक प्रधानलाई “लाइफटाइम अचिभमेन्ट” अवार्ड प्रदान गरिने भएको छ । त्यसैगरि, नेपाली संगीतमा क्षेत्रमा अतुलनिय योगदान गर्ने गीतकार बुद्धवीर लामालाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित गर्न लागीएको फाउण्डेसनले जनाएको छ ।
लामाले नेपाली सांगितीक श्रेत्रमा ५ सय बढी गीत लेखिसक्नु भएको छ । उहाँका “चोली राम्रो पाल्पाली ढाकाको, चलेछ बतास सुस्तरी, भुपु मायालु, च्छो रोल्पा ताल, समयले कोलटे फेर्दा, इलामे सहर चियाबारी राम्रो” जस्ता चर्चित गित रहेका छन् ।
त्यसैगरी कार्यक्रममा नेपाली लोक गायक प्रेमराजा महतलाई पनि लाईफ टाईम अचिभमेन्ट अवार्ड बाटै सम्मान गर्न लागीएको हो । महतले सिसिमे पानीमा, सालैको पातैले, पानको पात, बाँझो खेतमा जस्ता गितमा आवाज दिनु भएको छ । सोहि कार्यक्रममा नेपाली सञ्चार जगतका अग्रज दिने डिसीलाई पनि लाईफटाईम अचिभमेन्ट अवार्ड बाट सम्मान गर्न लागीएको हो । नेपाली सञ्चार जगतमा डिसीले पु¥याएको योगदानलाई कदर गर्दै उहाँले पनि उक्त अवार्ड बाट सम्मान गर्न लागीएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा भुटानी शरणार्थि शिबिरमा रहंदा पनि र तेस्रोम मुलुक पुनर्वास पछि पनि सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व डिल्ली अधिकारीलाई सोसियल हिरो अफ २०१७÷०१८ ले सम्मान गर्न लागीएको छ ।
लभ एण्ड सपोर्ट फाउण्डेसनले आगामी पुष ७ गते(डिसेम्बर २२) आयोजना गर्ने लागेको अवार्डमा नायक, नायिका, गीतकार, पत्रकार र समाजसेवी गरि २५ जनालाई सम्मान गरिनेछ ।
कार्यक्रममा सहभागिताको लागी बिभिन्न मुलुकबाट कलाकार तथा सहभागीहरु आउने क्रम सुरु भएको आयोजक संस्था लभ एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो
थप जानकारीका लागि लभ एण्ड सपोटको फेसबुक पेजमा हेनुहोस्

https://www.facebook.com/LoveSupport-Foundation-510252792810045/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here