गंगा लामिटारेको नेतृत्वमा साहित्य परिषद भुटानको नयाँ कार्य समिति चयन

0
750

पुष २/
साहित्य परिषद भुटानको नयाँ नेतृत्व चयन भएको छ । परिषदको गत मंशिर २९(डिसेम्बर १५) मा सम्पन्न निर्वाचन बाट ओहायो अमेरिकाबासी अग्रज श्रष्टा गंगा लामिटारेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
निर्वाचन बाट परिषद्को कोषाध्यक्षमा लक्ष्मण भण्डारी (भर्जिनिया, अमेरिका) र पाठ्यक्रम विकासको निर्देशकमा खिम खतिवडा (मिनेसोटा, अमेरिका) चयन हुनुभएको छ । यसैगरी क्यानडा निर्देशकमा खगेन्द्र गौतम र अस्ट्रेलिया निर्देशकमा दुर्गा रिमाल चुनिनुभएको छ ।
परिषद्को उपाध्यक्ष, सचिव र केही विभागहरुको निर्देशकका साथै युरोप, नेपाल, भारत, भूटान आदिका प्रतिनिधि पनि छानिन बाँकि रहेको बताइएको छ ।
नवनिर्वाचित अध्यक्ष लामिटारेले फेसबुक स्टाटस लेख्दै बाँकि पदमा काम गर्न ईच्छुक श्रष्टा साहित्यकारहरुलाई संपर्क गर्न आग्रह गर्नुभएको छ ।
सन् १९९३ मा नेपाली भाषा परिषद्, भूटानका नाममा स्थापित साहित्य परिषद्, भुटान भुटानी साहित्यको जेठो संस्था मानिन्छ ।
सन् २००४ मा नेपाली साहित्य परिषद्, भुटानमा रूपान्तरण भएको परिषदले सन् २०११ मा भुटान साहित्य परिषद्का रूपमा नयाँ नाम पाएको हो । सन् २०१४ को डिसेम्बरमा ओहायोमा गैरनाफामुखी संस्था साहित्य परिषद्, भुटानका नाममा यो दर्ता भएको छ ।
संस्थालाई श्रष्टा शिव दाहालले गत जुदेखि अन्तरिम अध्यक्षका रूपमा नेतृत्व गर्दै आउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here