इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान मृत भेटिए

0
1490

मंशिर १६/
इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान आज दिउँँसो मृत भेटिएका छन् ।
दुई महिना अघि देखी इलाका प्रहरी कार्यालय दमकमा कार्यरत संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ३ घर भएका २४ बर्षिय टेकराज पौडेल मृत भेटिएका हुन् ।
दमक– ६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडि तिर्थराज बजगाईको घरमा डेरा गरि बस्दै आएका पौडेल झ्यालमा सलको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । डेरामा एक्लै बस्दैआएका पौडेल ड्यूटी सकेर विहान १० वजे डेरा आएका र मध्यान्ह १२ वजे मृत मृत भेटिएको घरधनी वजगाईले बताउनुभयो ।
तीन वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका पौडेलकी श्रीमती इन्दु धनकुटास्थित लेगुवा हुलाक कार्यालयमा कार्यरत रहेको बताईएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । उता झापाको झापा गाउँपालिका ६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिँजो साँझ एक जनाको मृत्यु भएको छ ।
हिँजो साँझ पौने ६ बजे सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका ६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here