दिपिनि आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थिलाई बेलायत निवासी मोतीकृष्ण खोजुद्वारा स्वेटर वितरण

0
672

मंशिर १६/
दमक वडा नम्बर ५ मा रहेको दिपिनि आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुलाई न्यानो कपडा स्वेटर बितरण गरिएको छ । काभ्रेको धुलिखेल स्थायी घर भयी हाल बेलायतमा बसोबास गर्दै आउनु भएका मोतीकृष्ण खोजुले आफ्नो स्वर्गिय बुबा कृष्णभक्त खोजुको स्मृतिमा दिपिनीका बिद्यार्थिहरुलाई स्वेटर बितरण गर्नु भएको हो ।
बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थिहरुलाई करिब ८२ हजार रुपैयाँ मुल्य बराबरको स्वेटर उपलब्ध गराउनु भएको बिद्यालयका प्रधान अध्यापक शेसकुमार निरौलाले जानकारी दिनुभयो । खोजुले उपलब्ध गराउनु भएको स्वेटरहरु आज एक कार्यक्रमका विच बिद्यार्थिहरुलाई उपलब्ध गराईएको छ । दमक वडा नम्बर ५ का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि दमक नगर उप प्रमुख गिता अधिकारीले बिद्यार्थिहरुलाई स्वेटर हस्तान्तरण गर्नु भयो ।
सोहि कार्यक्रममा तत्काली जिल्ला शिक्षा कार्यालयको तर्पm बाट उपलब्ध गराईएको १६ लाख रुपैयाँ र बिद्यालयको आन्तरिक श्रोत बाट जुटाईएको डेढलाख रुपैयाँ गरी १७ लाख ५० हजार रुपैयाँमा निर्मित बिद्यालयको भवन समेत बिद्यालयलाई हस्तान्तरण गरिएको बिद्यालयका शिक्षक बब्रुवान दाहालले जानकारी दिनुभयो । कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने जिल्ला शिक्षा समन्वय ईकाई झापाका प्रमुख योगेन्द्र दुलाल, एल.डब्लु.एफ. का प्रमुख राजेन्द्र राउत लगायतले समुदायीक बिद्यालयको स्तर बृद्धि गरे मात्रै सबै नागरिकले उत्कृष्ट शिक्षा हासिल गर्न सक्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here