भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन भुटानी रिकन्सिलेशन कमिटीको नेपाल सरकारसंग माग

0
926

मंशिर १७/
भुटानी रिकन्सिलेशन कमिटी भुटानले भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसंग माग गरेका छन् ।
कमिटीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल पठाउदैं पूर्वी झापा र मोरङ्गका दुई वटा शिविरमा बस्दैआएका शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिदिन माग गरेका हुन् ।
भुटानी शरणार्थीहरुको स्वदेश फिर्ती मुद्धा केवल भुटानी शरणार्थीहरुको मात्र सम्बन्धित नभएको जनाउदै कमिटीले विश्वका शरणार्थी समुदाय, विश्वव्यापी मानवअधिकारको घोषणा, आत्मसम्मान र राष्ट्रियतासंगनै जोडिएको हुदाँ त्यसमा गंभीर भईदिन अपिल गरिएको कमिटीका अध्यक्ष कृष्णविर तामाङ्गले उल्लेख गर्नुभएको छ ।
अपिलमा सुरक्षित स्वदेश फिर्ती संगैसंगै उचित क्षतिपूर्ति तथा पुर्नावासको सुविधा , नागरिकताको पुर्नवहाली र समग्र क्षमादान मागलाई समेत जोडदार उठाईदिन प्रम ओलीसमक्ष माग गरिएको उल्लेख छ ।
त्यसैगरि कमिटीले अपिलमा तेश्रो मुलुक पुर्नावास पछि शिविरमा बाकी रहेका शरणार्थीहरुलाई नेपालमा नै स्थानीयकरण गराए नेपालका लागिनै आत्मघाती हुने भन्दै त्यसो नगर्न भनिएको छ । अपिलमा शरणार्थीलाई स्थानीयकरण गरिनु देशका लागिनै राष्ट्रियतामाथि आँच पुग्ने उल्लेख छ ।
कमिटीले दातृ संस्थाले दिदैआएको राहत सामाग्री वन्द गर्ने घोषणा गरिएको प्रति गंभीर ध्यानाकर्षण भएको जनाउदैं शिविरमा बसिञ्जेलसम्म दिदैआएको राहत सामाग्रीहरु कटौती तथा बन्द नगरिदिन सम्बद्ध दातृसंस्थालाई समेत आग्रह गरिएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here