जी. बि. एल. ओ. – नेब्रास्का च्याप्टर घोषणा

0
990
विश्व भूटानी साहित्यिक संगठन (जी. बि. एल.ओ.) – नेब्रास्का च्याप्टर गठन भएको घोषणा !
gblo nebraska
सम्बादाता: कर्ण गुरुङ  नेब्रास्का, यू एस ए
मिती १/४/२०१५ का दिन नेब्रक्स्काका साहित्यिक स्रस्टाहरुले विश्व भुटानी साहित्यिक संगठनको साखा जी. बि. एल. ओ. – नेब्रास्का च्याप्टर/साखा गठन गरेको छ  ।   च्याप्टरमा संयोजकमा श्याम नेपाल चयन भएका छन् भने बोर्ड मेम्बरमा कृष्ण सुब्बा, तुल राई, पदम मिजार, भिम गुरुङ, कर्ण गुरुङ, अमिर गुरुङ रहेका छन् ।  यसै गरि अरु १४ सदस्य गरि जम्मा २१ जनाको च्याप्टर बनाएका छन्  ।  
नव गठित जी. बि. एल. ओ. – नेब्रास्का साखाले आउने जनवरी १७ तारिक सादरण सभा, २४ तारिक बोर्ड बैठक र ३१ तारिक साहित्यिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।   नेब्रास्का साखाले आगामी हरेक महिनाको अन्तिम हप्ता सनिबार १२:३० बजे देखि ३ बजे सम्म साहित्यिक जमघट गर्ने र त्यस जमघटमा साहित्यिक विधा र लेखन बारे सिकाइने, आफुले जानेका साहित्यिक ज्ञान साटा-साट गर्ने, नव सर्जकहरुलाई लेखनमा सहयोग पुर्याउने, र सृजनाहरु बाचन गर्ने निर्णय लिएको छ ।  यस नव गठित जि.बि.एल.ओ नेब्रस्का च्याप्टरले बिद्धार्थीहरुलाई नेपाली भाषा पठन-पाठन गराउने महत्तोपुर्ण निर्णय समेत गरेकॊ छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here