नया बर्ष २०१५ विशेष कार्यक्रम भव्यताका साथ सुसम्पन्न

0
1071

HappyNew Year Programसमाचार सम्वाद्दाता: नेत्र प्रसाद आचार्य; फोर्ट वोर्थ, टेक्सास

गत मिति जनवरी ३, २०१५ शनिबारको दिन हाम्रो स्टार एण्टर्टेन्मेण्टद्वारा आयोजित नया बर्ष २०१५ विशेष कार्यक्रम टेक्सास राज्यको फोर्ट वोर्थ शहरमा भव्यताका साथ सुसम्पन्न भयो । अमेरिकाको विभिन्न राज्यबाट आमन्त्रित भूटानी युवा गायकहरुको विशेष आकर्षण रहेको उक्त कार्यक्रममा विश्व भूटानी साहित्य संगठनका अध्यक्ष डेन्जोम साम्पाहाङ ज्यु को सभापतित्व रहेको थियो भने प्राध्यापक प्रभात दीक्षित विशेष अतिथि रहेका थिए । धेरै भन्दा धेरै फोर्ट वोर्थ वासीले मनोरंजन लिएको सो कार्यक्रमको अर्को आकर्षण भनेको रोचक साहित्यिक प्रस्तुतिहरु रहेका थिए ।

आयोजकको तर्फबाट रबि रिमालको स्वागत मन्तब्य द्वारा सुरु गरिएको कार्यक्रममा भूटानी युवा गायक महेश थुलुङ्गशिव माप्छनका साथ हाल चर्चामा रहेका उदयमान गायक मनोज ढकाल, कृष्ण ढकाल र सरण गुरूङ्ले बेजोड प्रस्तुति सहित मंच तताएका थिए। संगीतमय रहेको उक्त कार्यक्रममा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो। स्थानिय कलाकारहरुमा गायन तर्फ मनिष चाम्लिङ्ग “युगल प्रेमी”, जेम्स दुतराज, पातलो अन्तरे रहेका थिए भने नृत्य प्रस्तुति गर्नेहरुमा यमुना खत्री, सृजना थापा, दिलिप सुब्बा, डिम्पल भुजेल र अन्य रहेका थिए। त्यसै गरी, हास्य प्रस्तुति लिएर डालसका जितु गुरुङ निक्कै मच्चिएका थिए ।

स्थानीय एवं आमन्त्रित साहित्यकारहरु ए के राना साम्पाहांग, वशन्त दिक्तेली, अविनाश भट्टराई एक्स्ट्रा, पातलो अन्तरे र राम खरेल आदिको उपस्थिति एवं बिबिध साहित्यिक प्रस्तुति रहेको थियो। निम तामाङ्ग र जुलन बस्नेतको संयोजनमा आयोजित कार्यक्रमको संचालन प्रकाश गौतमले गरेका थिए। नया वर्षको शुभकामना आदान प्रदान गर्ने हेतुले आयोजना गरिएको सो कार्यक्रम सफल बनाउनमा साहयोगी हातहरुमा विश्व भूटानी साहित्य संगठन टेक्सास चेप्टर, भुटानी लिगेसी यूव क्लब, नेपाली ईन्डियन ग्रोसारी, साउथ एसियन अमेरिकान मार्ट र न्यूँ ईन्डिय मार्ट  रहेका थिए ।

 

HNY HNY1 HNY2 HNY3HNY4

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here