
३० असोज २०७५/डिकेश लामा 
दमक,झापा/ पूर्वी नेपालमा २६ बर्ष देखि बसोवास गर्दै आएका अति जोखिममा रहेका भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुबाट आज राहत वितरण गरिएको छ । 
संस्थाले जोखिम लिष्टमा पार्न छुटाएका अशक्त २० घर भूटानी शरणार्थीलाई राहत वितरण गरिएको हो । अमेरिकाको टेनिसीमाा रहेको भूटानीहरुको द राईजिङ्ग फल्क टेनिसी नामक संस्थाको सहयोगमा प्रति घर परिवार ५० केजि चामाल, ५ केजी दाल, ५ लिटर तेल, र नगद १ हजार ३ सय ८० रुपयाँका दरले वितरण गरिएको शिविर सचिव चम्पासिंह राईले बताउनु भयो । पछिल्लो समय शरणार्थी दातृ निकायले राहत कटौती गर्न थाले पछि दशैं जस्तो पर्वमा समेत मिठो मसिनो खान नपाएका अति पीडित शरणार्थीहरुको  लागि सहयोग गरेको संस्थाका अध्यक्ष आइत राईले जानकारी दिनु भयो । 
हाल मोरङ्गको पथरी र झा पाको बेलडाँगीमा जम्मा ६ हजार ५ सय हाराहारीमा दर्ता भएका र १ हजार ७ सय ३१ जना दर्ता विहीन भूटानी शरणार्थीहरु बसोबास गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । हालसम्म १ लाख १० हजार हाराहारीमा भूटानी शरणार्थीहरु विश्वका ८ विकसित ८ ओटा मुलुकमा पूनर्वास भईसकेको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले जानकारी दिएको छ ।
पाको बेलडाँगीमा जम्मा ६ हजार ५ सय हाराहारीमा दर्ता भएका र १ हजार ७ सय ३१ जना दर्ता विहीन भूटानी शरणार्थीहरु बसोबास गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । हालसम्म १ लाख १० हजार हाराहारीमा भूटानी शरणार्थीहरु विश्वका ८ विकसित ८ ओटा मुलुकमा पूनर्वास भईसकेको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले जानकारी दिएको छ ।
 
             
		










