चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

0
9

@अर्जुन प्रधान

देशमाटो अनि त्यही माटोको टिका

आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा ।

देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छउसले घर मात्रै गुमाउँदैनउसले आफूलाई नै खोज्न थाल्छ।

यही खोजयही पीडा  यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर  संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइनभित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम  बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

मिठो ध्वनिको तरंगसँगै तस्बिर आफैँ बोल्न थाल्छ। भूटानीहरूको कष्टकर जीवन, उनीहरूको कथा–व्यथा र इतिहासको गहिरो हस्ताक्षरबाट फिल्मको उद्घाटन हुन्छ—शान्त तर चिसो सत्य बोकेर।

फिल्मको कथा झापा लगायतका शरणार्थी शिविर वरिपरि घुम्छ। वर्षौंदेखि टहरामा बसिरहेका मानिसहरूको मनमा एउटैप्रश्न गुञ्जिरहन्छ “हाम्रो देश कहाँ हो?”

कथाले एउटा परिवारलाई केन्द्रमा राखेर सिंगो समुदायको पीडा देखाउँछ। बुबा जन्मभूमि फर्किने सपना बोकेर विगतमाअडिएका छन्। छोराछोरी सुरक्षित भविष्यका लागि तेस्रो मुलुक जाने सोचमा छन्। आमाको मन भने परिवार नटुटोस् भन्नेचाहनामा अडिएको हुन्छ। यही पारिवारिक द्वन्द्वले फिल्मलाई भावनात्मक रूपमा बलियो बनाएको छ।

आन्दोलनसभानाराआपासी युद्ध,  यी दृश्यहरू केवल राजनीतिक गतिविधि होइनन्ती आत्मसम्मानको खोज हुन्। फिल्महेर्दा यस्तो महसुस हुन्छयो एउटा पात्रको कथा होइनसिंगो पुस्ताको आत्मकथा हो।

निर्देशक आङ्देम्बेले अनावश्यक नाटकीयता थपेका छैनन्। कथा सिधा प्रस्तुति सरल छ। धेरै ठाउँमा संवादभन्दा मौनताबलियो छ। पात्रको खाली आँखाटहराको भित्तासुकेको रुख,धुवांले डाकेको शिविर  सा रे   सिक्दै गरेको गायककोसपनायी सबैले शब्दभन्दा गहिरो असर पार्छन्।

फिल्मको गति केही ठाउँमा ढिलो लाग्न सक्छ। तर त्यो ढिलोपन नै शरणार्थी जीवनको प्रतीक जस्तो देखिन्छजहाँ समय बित्छतर समाधान आउँदैन।

अभिनय पक्षमा बाबु बोगटीहेमन्त बुढाथोकीमीना कोइराला लगायतका सम्मानित भूटानी नेपाली साहित्यकार तथाकलाकारहरूले स्वाभाविक ढंगले भूमिका निर्वाह गरेका छन्। डाक्टरका रूपमा भूटानी प्रथम गायक प्रताभ सुब्बालाइ पनि देख्न सकिन्छ । अभिनयमा कृत्रिमता भन्दा जीवनको गन्ध छ। विशेषगरी आमाबुबाको भावनात्मक दृश्यहरूले मन छुन्छ।एउटा दृश्यमा बुबा मौन भएर विगत सम्झिन्छन्अर्को दृश्यमा छोरा विदेश जाने निर्णय सुनाउँछ। साथैआफ्नो मिल्ने साथीलेलुकेर तेस्रो देश जाने फारम भरेको चर्चाले खुलेको लडाइ – ती क्षणहरू हलमा बसेर हेर्दा आफ्नै घरभित्रको कुरा जस्तो लाग्छ।

छायांकनले क्याम्प जीवनलाई यथार्थपरक रूपमा देखाएको छ। साँघुरा बाटाटहराको छानोआन्दोलनका दृश्य । सबैमा चमकधमक भन्दा यथार्थलाई प्राथमिकता दिइएको छ। फिल्म हेर्दा कहिलेकाहीँ दस्तावेजी जस्तो अनुभूति हुन्छ त्यो यसकोविशेषता पनि हो।

अब यसको बलियो पक्षको कुरा गर्दासबैभन्दा ठूलो शक्ति यसको विषयवस्तु हो। शरणार्थी जीवनलाई गम्भीर रूपमा उठाउनुआफैंमा साहसिक काम हो। पहिचाननागरिकता  आत्मसम्मानको प्रश्नले दर्शकलाई सोच्न बाध्य बनाउँछ। यो फिल्ममनोरञ्जनभन्दा बढी चेतना जगाउने प्रयास हो।

तर केही कमजोरी पनि छन्। धेरै विषय एकैचोटि समेट्ने प्रयास गर्दा स्टोरी टेलिङ केही ठाउँमा अलमलिएको महसुस हुन्छ।आन्दोलनपुनर्वासपारिवारिक द्वन्द्व  राजनीतिक पाटो , सबैलाई सँगै राख्दा कथा केही छरिएको जस्तो देखिन्छ। यदिकथालाई अझ केन्द्रित बनाइएको भए प्रभाव अझ गहिरो हुन सक्थ्यो।

सम्पादन केही दृश्यमा ढिलो लाग्छ। साउन्ड मिक्सिङमा कतिपय संवाद स्पष्ट सुनिँदैन। प्रकाश व्यवस्थापनमा पनि सानाकमजोरी देखिन्छन्। यी प्राविधिक पक्ष अझ कसिला भएका भए फिल्मको समग्र प्रभाव अझ बलियो हुन्थ्यो।

तथापियी कमजोरीहरूले फिल्मको आत्मालाई कमजोर बनाउँदैनन्। ‘देश खोज्दै जाँदा’ व्यापारिक मनोरञ्जनका लागिबनेको फिल्म होइन। यो एउटा समुदायको स्मृति  संघर्षलाई अभिलेख गर्ने प्रयास हो।

फिल्म हेरेपछि मन हलुका हुँदैन ,अलि भारी हुन्छ। तर त्यो भारीपन नै यसको सफलता हो। किनकि कहिलेकाहीँ समाजलेबिर्सन खोजेका कथाहरूलाई सम्झाउनु पनि सिनेमा कै दायित्व हो।

देश छुट्न सक्छ। माटो छुट्न सक्छ। तर माटोको गन्ध छुट्दैन। निधारको टिका पुछिन सक्छतर पहिचान मेटिँदैन। देशखोज्दै जाँदा’ आफ्नै राष्ट्रको माटोमा फेरि पाइला टेक्ने आशाको कथा हो  विस्थापनको पीडाभित्र पनि निभ्न नमान्ने सपना।

पुनर्वासपछि हामी संसारका धेरै देश पुग्यौं। नयाँ घर बनायौं, नयाँ भाषा सिक्यौं, नयाँ जीवन सुरु गर्यौं। तर आफ्नै स्वदेश फर्किने ढोका भने अझै बन्दजस्तै छ। भिसा बदर हुने खबरहरू आइरहेका छन्। निरन्तर वकालत भइरहेको छ, आवाज उठिरहेको छ, तर प्रतीक्षा अझै टुंगिएको छैन।

अर्कोतिर, देशको माटो सम्झेर जीवन बिताएका बाबा–आमा अझै शिविरभित्रै बाटो हेरेर बसेका छन्। उनीहरूको आँखामा अझै उही प्रश्न छ “कहिले फर्किन्छौं?”

‘देश खोज्दै जाँदा’ यही अधुरो यात्राको कथा हो। संसार घुमे पनि मनले खोजिरहेको ठाउँ एउटै छ ,आफ्नै राष्ट्रको माटो। पीडा लम्बिएको छ, तर आशा मरेको छैन। यही आशाले फिल्मलाई केवल कथा होइन, निरन्तर संघर्षको दस्तावेज बनाएको छ।

“देश केवल ठाउँ होइन, त्यो स्मृति हो।

हेर्नुहोस्—‘देश खोज्दै जाँदा’ को झल्को।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here