दुम्से युवा विकास टुर्नामेन्ट लखनपुरलाई

0
953

२९ भदौ २०७५/डिकेश लामा
दमक/ दमक वडा नं. ३ उत्तरी क्षेत्रमा भईरहेको फुटवल टुर्नामेन्टको उपाधी झापाको लखनपुर फुटवल क्लवले हात पारेको छ ।
नव तोरीवारी फुटवल क्लवलाई शून्यको विरुद्ध ३ गोल गर्दै लखनुपुर फुटवल क्लवले विजय प्राप्त गरेको हो । खेलमा विजयी टिमका जर्सी नम्बर १० खेलाडी टिम क्याप्टेन मान लावतीले ह्याट्रिक गरेका थिए । खेलमा वेष्ट खेलाडीको रुपमा विजयी टिमका लावतीलाई ट्रफी समेत प्रदान गरिएको छ । विजेता टिमलाई समापन खेलका प्रमुख अतिथि दमक नगर पालिका मेयर रोमनाथ ओलीले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको छ । यस्तै उपविजेता टीम नव तोरीवारी फुटवल क्लवलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक टीमका सचीव जिवन लामाले बताउनु भयो ।
कार्यक्रममा खेल विकासमा दमक नगरले विशेष चासोका साथ प्राथमिकता दिईरहेको कार्यक्रमका प्रमुख अतिथि ओलीले बताउनु भएको छ । कार्यक्रममा दमक नगर खेलकुद समितिका अध्यक्ष केन्द्र प्रसाईं, दमक वडा नं. ३ का अध्यक्ष नविन बराल, स्थानीय सामाजिक अगुवाहरु प्रकाश घिमिरे, सञ्जय राई, मानबहादुर लिम्बु लगायतले ग्रामिण खेल विकासले मात्र खेलको विकास हुने भएकोले तल्लो तहैबाट खेल विकासमा जोड दिनु पर्ने बताउनु भयो । आयोजक दुम्से युवा विकास संस्थाका अध्यक्ष राजबहादुर लिम्बुको सभापतित्वमा भएको खेलमा खेल संचालनमा सहयोग गर्ने १ दर्जन हाराहारीका सहयोगी व्यक्ति तथा संस्थालाई सम्मान पत्र समेत प्रदान गरिएको छ । सुवर्ण सिंह ठकुरीको रेफ्रीमा संचालन गरिएको खेलमा झापा, मोरङ्ग र इलामका १२ वटा फुटवल क्लवहरुको सहभागिता रहेको थियो । दमक ३ को उत्तरी क्षेत्र ३ जिल्लाको सिमानामा पर्ने अन्धराजा प्रवेश खेल मैदानमा भएको खेलमा उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र मेडल प्रदान गरिएको आयोजक संस्था सदस्य कुमार श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here