शरणार्थी शिविरमा आगलागीबाट एक घर जलेर खरानी

0
2171

३० असोज २०७५/डिकेश लामा
दमक,झापा/ दशैंको मुखमा घरमा आगलागी भए पछि झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा एक घर परिवार विचल्नीमा परेका छन् ।
आज अपरान्ह ग्याँस पड्केर एक्कासी घरमा आगलागी भए पछि भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर बी/३ घर नम्बर १२३ का विष्णुमाया तामाङको घर जलेर पूर्णरुमा खरानी भएको छ । आगलागीबाट नजिकै रहेको छिमेकीको घरमा समेत सामन्य क्षति पुगेको छ । आगलागीको क्षति विवरण भने आउन सकेको छैन । आगलागीबाट विचल्नीमा परेका ४ जनालाई राख्ने प्रवन्धको लागि शिविर व्यवस्थापन समितिले पहल गर्ने जानका री दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here