शरणार्थी शिविरमा संचालित भूटान कराते महासंघलाई नगद सहयोग

0
1079

शरणार्थी शिविरमा संचालित भूटान कराते महासंघलाई नगद सहयोग


२३ भदौ, २०७५
दमक/ पछिल्लो समय विभिन्न देशमा भईरहेको कराते खेल प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै आएको भूटान कराते महासंघलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
भूटान करातेको नामबाट भूटानीहरुको नाम उच्च राखेको भन्दै अमेरिकामा पूनर्वास भएका केही खेल प्रेमीहरुले वेलडाँगी शिविरमा संचालित कराते महासंघलाई सहयोग गरिएको छ ।
महासंघका प्रशिक्षक डम्बर मुखियाको नाममा आएको ८७ हजार ७ सय रुपयाँ महासंघका अध्यक्ष नरबहादुर गुरुङ्गलाई हस्तान्तरण गरिएको छ । सयहोग रकमले भूटानी शरणार्थी शिविर वेलडाँगीमा केही समय पछि खेल प्रतियोगिताको तयारी थालिएको कराते प्रशिक्षक मुखियाले बताउनु भयो ।

यस अघि सात वटा भूटानी शरणार्थी शिविरमा कराते खेललाई विशेष योगदान दिने टिकाराम राई, रनबहादुर राई, पूर्णसिंह तामाङ र विनोद लामा पछिल्लो समय तेस्रो मुलुक पूनर्वास भएका छन् । भूटान करातेका अगुवा कराते खेलका गुरुहरुले तेस्रो मुलुकमा समेत भूटानीको नाममा कराते खेलको विकास गर्दै आएको फेन्स क्लव भूटानका अध्यक्ष युवराज राईले जानकारी दिनु भयो ।
यस अघि भूटान कराते महासंघमा आवद्ध खेलाडीले धेरै वटा अन्तराष्ट्रि स्तरको खेल प्रतियोगिताबाट दर्जनौं गोल्ड मेडल, ट्रफी र पुरस्कार हात पारिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here