साफ च्याम्पियनसिपः नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा

0
748

२३ भदौ, काठमाडौं । आयोजक बंगलादेशलाई २ -० ले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिफ फुटबलको सेमिमफाइनल प्रवेश गरेको छ । हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालको जितमा स्ट्राइकर बिमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरे ।

खेलको ३३ औं मिनेटमा बिमलको गोलमा अग्रता लिएको नेपालले ९० औं मिनेटमा नवयुग श्रेष्ठको गोल मार्फत जित सुनिश्चित गरेको थियो । शनिबारै भएको पहिलो खेलमा भुटानलाई ३-० गोल अन्तरले हराउँदै पाकिस्तान पनि समुह उपबिजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here