बेलडाँगीमा पत्रकारिता तालिम शुरु

0
954

२३ भदौ, २०७५
दमक/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज देखि ७ दिने आधारभूत पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिम शुरु भएको छ । शिविर व्यवस्थापन समितिको संयोजनमा तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुको सहयोगमा तालिम शुरु गरिएको हो ।
शिविर भित्र र भूटानीहरु पूनर्वास भएका देशबाट पत्रकारिता सम्बन्धी कृयाकलाप बढेसँगै भूटानी समाजमा पत्रकारिता विकासका लागि कार्याक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा पूर्व सचीव युवराज राईले बताउनु भयो ।
तालिम उद्घाटनका प्रमुख अतिथि दमक नगर पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन बरालले कार्यक्रमले स्थानीय क्षेत्रबाट समेत सहभागिता गरेकोले आफ्नो वडाको पत्रकारिताको विकासमा थप टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले संचार क्षेत्रमा आएका नयाँ नीति र लार्पावाहीरुपमा हुने सामाजिक सञ्जालका गतिविधिलाई न्यूनिकरण गर्न समेत सहयोग पुग्ने बताउँदै तालिममा सहभागीहरुलाई स्वागत गर्नु भएको छ । पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राईको सभापतित्वमा भएको कार्यक्रममा वेलडाँगी, पथरी शिविर र स्थानीय क्षेत्रका गरी ३० जनाको सहभागिता रहेको छ । तालिमलाई संचारकर्मी तथा प्राध्यापक डिकेश लामाले सहजिकरण गरिएको आयोजक समिति सदस्य शिविर सचीव टिकाराम रसाइलीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here