२३ भदौ, काठमाण्डौ । चालक दलका सदस्यसहित ७ जना यात्रु सवार अल्टिच्युड एअरको हेलिकोप्टर गोरखाबाट काठमाण्डौ आउने क्रममा धादिङको सत्यावती जंगलमा दुर्घटना भएको छ । शनिबार बिहान ६ बजेर ५७ मिनेटमा उडेको कल साइन नाइन एन एएलएसको होलिकोप्ट उडेको केहीबरेमै सम्पर्कबिहिन भएको थियो । गोरखाको सानागाउँबाट पर्यटक लिएर काठमाण्डौ आउने क्रममा हेलिकोप्टर धादिङ र नुवाकोटको सिमावर्ती क्षेत्र सत्यावती जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । हेलिकोप्टरमा सवार सात जनाको अवस्था भने खुल्न सकेको छैन । होलिकोप्टरमा चालक निश्चल केसी सहित जापनिज नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाका छोवाङ नुर्बु, ल्होकी गामी डोल्पा डिक्की र सिन्धुपाल्चोकका सुनिल तामाङ थिए ।
ताजा पोष्ट
सिक्किमका मुख्यमन्त्रीसँग भेट: ‘मेरो कविता’ फाइनलिस्ट सोनाम पाल्झोरलाई शुभकामना
@अर्जुन प्रधान
सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) ले ‘मेरो कविता: द रिदम अफ पोएट्री’ सिजन–१ का फाइनलिस्ट सोनाम...
अमेरिकी कांग्रेसमा भुटानविरुद्ध ऐतिहासिक प्रस्तावः प्रेस बिज्ञाप्ति
@अर्जुन प्रधान
अमेरिकी प्रतिनिधि सभाका दुई प्रभावशाली सांसदहरूले भुटान सरकारद्वारा नेपालीभाषी लोत्साम्पा र शार्चोप समुदायमाथि दशकौंदेखि हुँदै आएका मानवअधिकार...
‘मेरो कविता’ को उत्कृष्ट पाँचको प्रतिस्पर्धा: बिनेश राई बाहिरिए, चार जना फिनालेमा
@अर्जुन प्रधान
नेपाली कविताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री'बाट बिनेश राईबाहिरिएका छन्। झापाको दमकमा आयोजित सत्रौँ शृङ्खलामा उत्कृष्ट पाँच प्रतियोगीहरू बीचको कडा प्रतिस्पर्धा पछि सोनाम पाल्जोर, सेसे थामसुहाङ, टोली प्रसाद राजवंशी र प्रवेक हाङसोङ फिनालेमा प्रवेश गर्न सफल भएका हुन् ।
यस विशेष शृङ्खलामा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन(GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।कवि मुकारुङले आफ्नो चर्चित कविता ‘भानुभक्त: पहिलो जुनी'वाचन गर्दै नयाँ पुस्तालाई कविताको यात्रा जोखिमपूर्ण तर प्रतिबद्धता र साधनाको अपेक्षा गर्ने क्षेत्र भएको बताउनुभयो ।
यस्तै, स्रष्टा पातलो अन्तरेले आफ्नो अर्धाङ्गिनीको समर्पणमा आधारित भावुक कविता ‘मेरो...












