सात जना सवार अल्टिच्युड एअरको हेलिकोप्टर धादिङमा दुर्घटनाग्रस्त

0
551

२३ भदौ, काठमाण्डौ । चालक दलका सदस्यसहित ७ जना यात्रु सवार अल्टिच्युड एअरको हेलिकोप्टर गोरखाबाट काठमाण्डौ आउने क्रममा धादिङको सत्यावती जंगलमा दुर्घटना  भएको छ । शनिबार बिहान ६ बजेर ५७ मिनेटमा उडेको कल साइन नाइन एन एएलएसको होलिकोप्ट उडेको केहीबरेमै सम्पर्कबिहिन भएको थियो । गोरखाको सानागाउँबाट पर्यटक लिएर काठमाण्डौ आउने क्रममा हेलिकोप्टर धादिङ र नुवाकोटको सिमावर्ती क्षेत्र सत्यावती जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । हेलिकोप्टरमा सवार सात जनाको अवस्था भने खुल्न सकेको छैन । होलिकोप्टरमा चालक निश्चल केसी सहित जापनिज नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाका छोवाङ नुर्बु, ल्होकी गामी डोल्पा डिक्की र सिन्धुपाल्चोकका सुनिल तामाङ थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here