भूटानी स्रष्टाको साहित्यिक सोच संसार भरी फैंलदै

१२ स्टेटका स्रजक एउटै स्टेजमा

0
1626

१२ स्टेटका स्रजक एउटै स्टेजमा

   नर्थ क्यारिलिना,अमेरिका/विश्व भूटानी साहित्य संगठन, नर्थ क्यारिलिना शाखाले केन्द्रको समन्वय र नर्थ क्यारिलिना भूटानी समाजको सहयोगमा यही भाद्र १६/१७ गते शनिवार र आईतवार दुईदिने बृहत् साहित्यिक कार्यक्रम सु सम्पन्न गरेको छ |

उक्त सम्पन्न विश्व भूटानी साहित्य संगठनको वृहत साहित्यिक भेलाले २ वटा पुस्तकहरु पुन विमोचन गरेको छ । इश्वर ढकालको अक्षरहरुको जुलुश रुवाई संग्रह र पञ्चमान गुरुङ्गको मेरो जीवन नामक आत्माकथा विमोचन भएको आयोजक समितिले जानकारी दिएको छ । अमेरिकाको विभिन्न १२ वटा स्टेटबाट उपस्थित भएका साहित्यिक सज्रक तथा कलाकारहरुको उपस्थितिमा पहिलो दिन प्रतिनिधिमुलक सृजना बाचान, नृत्य, गायन लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको छ । नेव्रस्काका संगठन जिम्मेवार पदाधिकारी ओम अधिकारीले स्वागत मन्तव्य गरी शुरुवात गरेको कार्यक्रममा अगुवा भूटानी गजल स्रजक शेरु राई उदास, स्रजक नेत्र आचार्य, खेम रिजाल, धर्मेन्द्र क्षितिज, लक्कि राखी, आभाष रिखाम, ममता मोक्तान, हिम शिखर लगायतले रचना बाचन गरेका छन् । कार्यक्रममा खड्ग गजमेर, विकास शिवाले गीत प्रस्तुत गरेका छन् भने विमल, कर्मा, कमला,पुष्पान्जली, प्रियन्का र चन्दा गुरुङ्ग लगायतले नृत्य प्रस्तुत गर्नु भएको छ ।

गायक अर्जुन रसाइली, गीतकार आरवी खड्का, भूटनिज कमुनिटी एशोशियन अफ नेब्रस्काका अध्यक्ष भिम गुरुङ्ग, कवि खेम रिजाल, कमल धिमाल खल्ति पीडित, धमेन्द्र भण्डारी पातालो अन्तरे, टंक न्यौपाने लगायतले मन्तव्य सहित प्रस्तुती राखेका छन् । नेपाली भाषा साहित्यमा लामो समय योगदान दिएका भूटानी स्रजक गंगाराम लामिटारेको प्रमुख आथित्यमा भएको कार्यक्रममा पातालो अन्तरेको अक्षर र आभाष रिखामको प्रश्नहरुको पहाडको समिक्षा समेत भएको छ ।

संगठनको अध्यक्ष डेन्जोम साम्पाङ्ग राई र महासचिव कर्ण गुरुङ्गले नेपाली साहित्य तथा कला क्षेत्रमा नेपाली भाषी भूटानीहरुले गरेका सृजनात्मक कार्यबारे कार्यपत्र प्रस्तुत गरिएको छ । दुई दिन भएको कार्यक्रममा नेपाली साहित्य कलालाई डिजिटलाइज गरी संरक्षण तथा विकास गर्नेबारे बहस समेत भएको कार्यक्रमका सहभागी ग्लोवल पोष्टका व्यवस्थापक अर्जुन प्रधानले जानकारी दिनु भयो ।

कार्यक्रममा भूटनिज राइटर्स डट कमको औपचारिकरुपमा आरम्भ गरी दिनेश चाम्लिङ्ग पुरस्कार र विश्व नेपाली साहित्य पुरस्कारको घोषणा समेत गरिएको छ ।

भूटानी शरणार्थीको झापा तथा मोरङ्गमा अढाई दशकको बसाईमा भन्दा धेरै सृजना र पुस्तकहरु तेस्रो मुलुक पुनर्वास पछि भएको पाइन्छ । झापा र मोरङ्गमा २ दशकमा करिव ३ दर्जन हाराहारीमा मात्र पुस्तकहरु प्रकाशन भएको यस सम्वन्धि रिसर्च भूटानी शरणार्थी पुनर्वासको स्थानीय संचार माध्यममा कभरेज नामक रिसर्चमा उल्लेख गरिएको छ । यसरी नै नेपाली साहित्यको विकासमा भूटानी स्रस्टाहरु लाग्ने हो भने नेपाली साहित्यको सन्जाल विश्वमा स्थापित हुने कुरामा दुई मत छैन ।

नेपाली साहित्यको विकासमा तेस्रो मुलुकमा रहँदै आएका स्रजकहरुले ठूलो भमिका खेलेका छन् जसमा तेस्रो मुलुकमा रहेका नेपाली भाषी भूटानी स्रष्टाहरूको योगदान उल्लेखनीय रहेको घाम जस्तै छर्लङ्ग छ | यस सन्दर्भमा विश्व भूटानी साहित्य संगठनको भूमिका प्रशंसा योग्य रहेको देख्न सकिन्छ | यस संस्थाले ३ दर्जन हाराहारीमा विभिन्न विधाका पुस्तक प्रकाशन गरिसकेको छ भने स्थानीय समाजको सहकार्यमा नेपाली भाषा पठनपाठन, नेपाली साहित्यको विकास र प्रसारप्रचार, कबि गोष्टि, कार्यशाला, सामाजिक चिन्तनका बहस, अन्तरक्रिया जस्ता कार्य नियमित रूपमा गर्दै आएको देख्न सकिन्छ | नेपाली भाषा साहित्यको विकास र प्रवद्धनको निम्ति स्रष्टालाई प्रोत्साहन र सम्मान गर्न “विश्व नेपली साहित्य पुरस्कार” स्थापना गर्नुको साथै गजलकार स्व. दिनेश चामलिंग स्मृति पुस्तकालय पनि संचालनमा ल्याएको जानकारी छ (यस पुस्तकालयको ई-संस्करण भने गत आईतवार उद्घाटन भएको हो )| यस संस्थाको जन्म सन् २००९ साल भूटानी शरणार्थी शिविरमा भएको हो |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here