बेलडाँगीकी भूटानी शरणार्थी ललिताको ज्यान जोखिममा

श्रीमानले आगो लगाए पछि आर्थिक अभावका कारण एक महिलाको उपचारमा समस्या

0
4085

श्रीमानले आगो लगाए पछि आर्थिक अभावका कारण

एक महिलाको उपचारमा समस्या

१७ भदौ २०७५/डिकेश लामा
दमक/श्रीमानले आगो लगाएको भनिएकी एक महिलाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । झापाको कमल गाऊँ पालिका वडा नं. ५ बस्ने भक्त बहादुर दर्जिको कान्छी श्रीमति लिलामाया दर्जिको उपचारमा समस्या भएको हो । शरीरको करिव ४५ प्रतिशत भागमा आगो लागेको २८ बर्षीय ललिमायाको तत्काल आइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको आम्दा अस्पताल दमकका डाक्टर नविन ढकालले बताउनु भएको छ ।
भूटानी शरणार्थी शिविर वेलडाँगी बस्दै आउनु भएकी ललिताले ७ बर्ष अघि आफ्नो श्रीमान्लाई छाडेर हिडकी घाइते महिलाको ससुराबुवा दिलबहादुर दर्जीले बताउनु भयो । दर्जी अनुसार बाहिर बाहिरै हिड्ने लिलामायाले २ बर्ष अघि कमल गाऊँ पालिकाको ४२ बर्षीय भक्तबहादुर दर्जीसँग विवाह गरेकी थिइन् ।

 

   कान्छी श्रमतिको रुपमा घर ल्याएको भक्तबहादुर र लिलामाया दुवै मजदुरी गर्दै सामान्य रुपमा केही महिना अघि देखि झगडा गर्दै आएको बुझिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्याम सुब्बाले बताउनु भयो । सुव्बाको अनुसार गत भदौ १२ गते दुवै जना कामबाट घर फर्कदा मादक पदार्थ सेवन गरेको र एक अर्कामा विवाद हुँदा श्रीमानले मटितेल खन्याइ आगो लगाएको पीडित महिला ललिताले प्रहरीलाई जानकारी दिएको बताइएको छ । पीडित महिलाको श्रीमान भक्त बहादुरलाई आगो लगाई ज्यान मार्न खोजिएकोले ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्धा चलाई आवश्यक कार्वाही अगाडि बढाइएको प्रनानि सुव्बाले बताउनु भयो ।
अति विपन्न परिवार भएकोले उपचार खर्च नभएकोले लाईफ लाईन अस्पतालमा प्राथमिक उपचार पछि विर्तामोडको विएण्डसी अस्पतालमा भर्ना गरिएको पीडित महिलाका दाजु टिकाराम दर्जिले बताउनु भयो । विएण्डसीमा उपचार गरेको पैसा समेत फ्रि गरेर सरकारी अस्पतालमा लानु भने पछि विरामीलाई भद्रपुरको मेची अञ्चल अस्पतालमा लाँदा समेत उपचार हुन नसके पछि उनको उपचारमा स्थानीयले अहिले धरानको विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
दमकको आम्दा अस्पतालमा समेत उपचार हुन नसके पछि तत्काल एम्बुलेन्समा लान र विरामी कुरुवालाई खानपिनका लागि लायन्स जोन पर्सन रुद्र गौतम् तथा लायन्स क्लव अफ दमक इस्टर्न लाइनका अध्यक्ष विमल शर्माको आर्थिक सहयोगमा धरान पठाइएको छ ।
आम्दा अस्पताल, इलाका प्रहरी कार्यालय दमक र शिविर व्यवस्थापन समितिको पहलमा विरामीलाई धरान पुर्याइए पनि हालसम्म आइसीयूमा भर्ना नलिएकोले उचित उपचार हुन नसकेको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले बताउनु भयो । ललिताको जिवन बचाउँन सवैले सहायोग गर्न आग्रह गरिन्छ ।

see live video story

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here