विभेदजन्य विकृति हटाएर भूटानीहरु एकतामा बाँधिनु पर्छः समाजसेवी ढकाल

0
988

१२ अगष्ट २०१८
अमेरिका/पूनर्वास पूर्व नै अमेरिका आउनु भएका समाजसेवी विरेन्द्र ढकालले पुरातनवादी विकृतीलाई हटाएर अघि बढे भूटानी समूदायमा हितकारी कार्य हुने बताउनु भयो ।
सन् २००१ मै अमेरिका आउनु भएका समाजसेवी ढकालले भूटानी समूदायमा भएको नकरात्मक संस्कार र सोचलाई परिवर्तन गरी एकता बाँधिन सवै नेपाली भाषी भूटानीहरुमा आग्रह गर्नु भएको छ ।
अमेरिकाको जर्जिया एटलान्टाका काउन्सिलर सदस्य समेत रहनु भएका ढकालले सात समुद्र पारी आएर पनि जातिय विभेदको सोच बनाउनुले समूदायलाई अग्रगतिमा नभई पछाडि धकेल्ने बताउनु भयो । ग्लोवल पोष्ट टिभीको टक सोमा कुराकानी गर्दै ढकालले आफू भूटान देखि नै परिवर्तनको पक्षमा रहेको बताउनु भयो । मानव अधिकारीकर्मी समेत रहनु भएका ढकालले खासगरी भूटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास हुनु भएका भूटानीहरुको नागरिकता प्राप्ती देखि अन्य समस्यामा लामो समय सहयोग गरेको बताउनु भएको छ ।

ढकालका अनुसार अवको पुस्ताले पनि अमेरिका आएर जातिय तथा लैंगिक विभेद सोच्नु भनेको आफै पछाडि पर्ने कुरा भएको दावी गर्नु भयो । पूनर्वास पछि पनि केही भूटानी समूदायमा परिवर्तन नआएको कारण एकतामा समस्या भईरहेको बताउनु भएको छ । भूटानी समूदायले के गर्दा सही तरिकाले अगाडि बढ्न सकिन्छ भन्ने विषयमा समाजसेवी ढकालसँग गरेको कुराकानी हेर्नुहोस् ग्लोवलपोष्ट टिभीको लिंकमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here