विधालयको पानी ट्याङ्कीमा बीष हाले पछि स्थानीय बासिन्दा त्रसिद

0
1643

बीष प्रयोग गर्नेलाई कडा कार्वाही गर्न स्थानीय बासिन्दाको माग


३० साउन २०७५/डिकेश लामा
दमक/ मोरङ्ग जिल्लाको लेटाङ्ग नगरपालिका वडा नं. ९ मा रहेको श्री माध्यमिक विधालयमा हिजो मंगलबार पिउने पानीमा बीष हाले पछि सो क्षेत्रमा त्रास बढेको छ । विद्यार्थीका अधिकाशं अभिभावकले बीष हाल्नेको पहिचान गरी तत्काल कडा भन्दा कडा कार्वाही गर्न माग समेत गरेका छन् । पानीमा विष हालेपछि आज विधालयमा विधार्थीहरु उपस्थित भएका छैनन ।
हिजो मंगलबार विहान पाउने दश बजे विधालय पुगेका विधार्थीहरुले सो विधालयका पिउन रामकुमार लिम्बुले चेन गेट खोले पछि धाराका पानी पिउनेक्रममा पानी गनाएको भन्दै सरलाई गुनासो गरेका थिए ।
पिउने पानीको एक मात्र विकल्प भएको सो विधालयमा शुरुमै २९ जनाले पानी पिए । पानी पिएको १५/२० मिनेट पछि नै उनीको पेटमा समस्या आउन थालेको थियो ।
पानी किन गनायो भनेर विधालयको चेन गेट भित्र सुरक्षित स्थानमा राखिएको ट्याङ्की खोलेर हेर्दा सायपरमेथिन १० प्रतिशत नामको विषादीको ५० एमएलको बट्टा फेला परेको सो विधालयका शिक्षक सिताराम भण्डारीले बताउनु भयो ।

ट्याङ्कीमा बीष हालेको कारण २९ जना विरामीलाई तत्काल ३ वटा गाडीमा ७ ट्रिप लगाएर मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याएको थियो । उपचारको क्रममा ४ जना विद्यार्थीको सो केन्द्रमा उपचार हुन नसके पछि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार हुँदै आएको इलाका प्रहरी कार्यालय लेटाङ्गका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनु भयो । खतिवडाले घटनाबारे अनुसन्धान भईरहेको समेत बताउनु भएको छ ।
हाल कक्षा ५, ७ र ९ मा अध्ययन गर्ने मनिष थापा, सृष्टी निरौला, खुश्बु मिश्र र कमला सुब्बाको उपचार भईरहेको विधालयका शिक्षक कमल निरौलाले बताउनु भयो ।
मोरङ्ग जिल्लाको लेटाङ्ग नगरपालिका वडा नं. ९ को श्री माध्यमिक विधालयमा भएको यो घटनाले विधालयमा विधार्थीहरु समेत आउन सकेका छैनन् । विधालयको ट्याङकी र धारा आज सरसफाई गरिएको विधालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here