वहाँको नाउ राजकुमार भए पनि कुमार मात्र लोकप्रिय थियो । सबै खेलहरूमा रुची भए पनि नृत्यतर्फ बढी अग्रसर देखिनु हुन्थ्यो । तत्कालीन चिफ सेक्रेटरी (पछि गृहमन्त्री) ताम्जी जगर स्कूल निरिक्षणमा आउँदा ‘हातै काट्यो बरै चालीसे चुराले’ भन्ने गीतमा छमछमी नाचेको दृश्य अझैसम्म सम्झना छ ।
रहस्यको गर्भभित्रै लुकिरहेको इतिहास हेर्दा भूटानी जनताले धेरैपटक निर्वासनको पीडा भोग्नु परेकोछ । राजतन्त्रको स्थापना नहुँदै सन् १८६५ मा ब्रिटिश भारतसित सम्झौता हुँदा दुईहजार सातसय पचास वर्गमाइल भूभागसहित जनता पनि भारतीय साम्राज्यभित्र गाभिएका थिए । सन् १९०७ मा वाङ्गचुक वंशीय राजतन्त्र स्थापनापछि चालीसको दशकमा जयगोर्खा आन्दोलन र सन् १९५२–५४ मा भूटान स्टेट कांग्रेस नेतृत्वको आन्दोलनमा सयौं नागरिकहरूले निर्वासित जीवन भोग्नु परेको थियो । सन् १९६४ मा प्रधानमन्त्री पाल्देन दोर्जी हत्याकाण्ड र आशि याङ्गकीकाण्डमा पनि धेरै परिवारहरू बाल–बच्चासहित सर्वस्व छाडी भागेका थिए ।
विगतको आन्दोलनमा असहज यातायात, सञ्चार व्यवस्था र जनसम्पर्क लगायतका विभिन्न कठिनाइहरू थिए । संख्यात्मक हिसाबमा थोरै हुने हुँदा विद्रोह सुरु नहुँदै दमनमा परी परिवारसहित भाग्न पर्ने परिस्थिति आइलागेको थियो । सन् १९९०–९१ मा प्रजातन्त्रका लागि खुलेआम सडकमा उत्रिएका जनताहरूमाथि पनि अभद्र व्यवहार भयो । सामूहिक बलात्कार, सामूहिक यातना, सामूहिक हत्या र धन–जन विनाशजस्ता जघन्य अपराध खप्न नसकी हजारौं नागरिकहरूले सर्वश्व त्यागी भारतभूमितर्फ भाग्न विवस हुनु पर्यो ।
दुर्भाग्यवश् ! विश्वको विसाल प्रजातान्त्रिक मुलुक भारतले शरण र सदाशयताका भिखारी भूटानीलाई आश्रय दिनुको सट्टा नेपालतर्फ धकेल्नु नै आफ्नो राष्ट्रिय दायित्व ठान्यो । दुवै मुलुकका नागरिकहरूमा समान व्यवहार गरिनुपर्छ भन्ने सन् १९४९ को भूटान–भारत मैत्री–सन्धिको कुनै मुल्याङ्कन भएन । असल छिमेकीपनको भूमिकासम्म निर्वाह नहुँदा भूटानीहरू चुपचाप वालबच्चा च्यापी सुरक्षाका लागि तेस्रो मुलुक नेपाल भित्रिनेक्रम बढेर गयो । सुरुका दिनमा आश्रयविहीन भूटानीहरूका लागि नेपालको प्रशासन पनि सकारात्मक देखिएन । रातारात भागिआएकाहरू कसैसँग राहदानी थिएन । राहदानीकै कारण धेरैजना काँकरभिट्टा सीमामा रोकिएपछि एउटा टोली नेपाल सरकारसित सहयोगका काठमाडौं प्रस्थान गर्यो । लामो कसरतपछि नेपालको शिशु–प्रजातन्त्रका प्रथम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग भेट्ने सौभाग्य मिल्दा नेपाल प्रवेश गर्ने भूटानीहरूमाथि लाग्ने राहदानीको व्यवस्था हटाइयो । नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, मंगलादेवी सिंह, महामन्त्री गिरिजाप्रसाद कोइराला, गृहमन्त्री योगप्रसाद उपाध्याय, स्वास्थ्यमन्त्री मथुरालाल श्रेष्ठ, नेकपा (एमाले) का मनमोहन अधिकारी लगायत अन्य राजनैतिक दलका नेताहरूसित भूटानको वस्तुस्थितिको जानकारी गराइएपछि निर्वासित भूटानीका लागि शरण पाइने आश्वासनसहित नेपाल रेडक्रस सोसाइटीबाट प्रारम्भिक सहयोग पाइने अवस्था सिर्जना भयो ।
१९४९ को भूटान–भारत मैत्री–सन्धिको कुनै मुल्याङ्कन भएन । असल छिमेकीपनको भूमिकासम्म निर्वाह नहुँदा भूटानीहरू चुपचाप वालबच्चा च्यापी सुरक्षाका लागि तेस्रो मुलुक नेपाल भित्रिनेक्रम बढेर गयो । सुरुका दिनमा आश्रयविहीन भूटानीहरूका लागि नेपालको प्रशासन पनि सकारात्मक देखिएन । रातारात भागिआएकाहरू कसैसँग राहदानी थिएन । राहदानीकै कारण धेरैजना काँकरभिट्टा सीमामा रोकिएपछि एउटा टोली नेपाल सरकारसित सहयोगका काठमाडौं प्रस्थान गर्यो । लामो कसरतपछि नेपालको शिशु–प्रजातन्त्रका प्रथम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग भेट्ने सौभाग्य मिल्दा नेपाल प्रवेश गर्ने भूटानीहरूमाथि लाग्ने राहदानीको व्यवस्था हटाइयो ।
गाउँस्तरबाट खारिएर सघर्ष गर्दै नेतृत्वसम्म पुग्ने लोकतान्त्रिक परिपाटी हाम्रो आन्दोलनको हिस्सा बन्नै पाएन । जब सरकारआफैं जनदमनमा उत्रियो तब, जो जहाँ जुन अवस्थामा छ, अध्ययन, योग्यता जेजस्तो छ, अनुभव नभए पनि त्यस्तै अवस्थामा प्रतिवादमा उत्रनु पर्ने वाध्यकारी परिस्थितिले निर्वासित हाम्रो जीवनमा परिपक्व, अनुभवी, नेतृत्व उभ्याउन नसकिएको सत्यतालाई हामी सबैले स्वीकार्नु पर्ने हुन्छ । प्रजातान्त्रिक व्यवस्थामा पुगिसकेपछि ग्रामीण लेबलबाटै परिपक्व नेतृत्व आउने अवस्था सिर्जना होला तर, निरकुश व्यवस्था भएका मुलुकहरूमा यसरी नै विद्रोह सुरु भएको पाइन्छ । र, यस्तै हुनेगर्छ ।
शरणार्थीहरूको व्यवस्थापनमा जुटेका शिविर सचिवमा चुनिएर सक्रिय तर विवादरहित हुनेहरू मध्ये मेनुका नेपाल, गरिमा अधिकारी, प्रताप सुब्बा, एन.के खरेल, पदम रिजाल, धनपति अधिकारी, के.बी.खड्का, पूर्ण गुरुङ्ग, पशुपति आचार्य, रुद्र खतिवडा, मनोज राई, चम्पासिंग राई, रामबहादुर दाश, इन्द्र प्रधानआदि पर्दछन् ।
भूटानी आन्दोलनको भविष्य कहाँनेर टुङ्गिएला आजै अनुमान लगाउन सकिने विषय होइन । तर उदाङ्गिएका, खारिएका, मारिएका, दिवंगत, कार्यरत, नेतृत्वहरू सबैको जिवनी, कार्यशैली, योग्यता र चरित्रबारे कहिले चर्चा होला ? योग्यता भएर पनि जिम्मेवारी नपाएका, अहंकारबाट पदीय दायित्य गुमाएका, जिम्मेवारी पाएर साथ नपाएका, समाजको अहितकार्यमा दौडिएका, पीडितहरूमाथि पीडा थपिदिनेहरू, ईमान्दारिताकासाथ खटिरहेकाहरू र विश्वासघातमा रमाउनेहरूका बारेमा अनुसन्धान होला, नहोला ? अयोग्य ठानिएकाहरूबाट सफलताको चुचुरो चुम्नसक्ने अवस्थाको सिर्जना हुनसक्ला, नसक्ला ! सबै विषयमा चासो, खोजी र विश्लेषण हुनुपर्दछ ।
जन–आन्दोलनका क्रममा नेतृत्वदायि भूमिका निर्वाह गर्नेहरूमध्ये आर.के. बुढाथोकी, आर.बी.बस्नेत, आर.के.दोर्जी, टेकनाथ रिजाल, हरि अधिकारी, डीएनएस ढकाल, भीम सुब्बा, एसबी सुब्बा, राकेश क्षेत्री, डा० भम्पा राई, दिलमाया सुब्बा, रतन गजमेर, जोगेन गजमेर, ठिन्ले पेञ्जोर, रिञ्जिन दोर्जी, तेन्जिङ्ग गावाजाङ्पो, नारद अधिकारी, डिके राई, डिबीराना साम्पाङ्, जसोदा बुढाथोकी, दुर्गाराज गिरी, जागीरमान लामा, गोपाल गुरुङ, टीबी थापा, एस.के.प्रधान, डिपी काफ्ले, किशोर राई, राजमान गुरुङ्, केबी खड्काआदिको नाम नसुन्ने भूटानी शरणार्थी विरलै पाउन सकिएला । वहाँहरूले दिनुभएको योगदान, खेल्नु भएको भूमिका, उत्पन्न गराइएका व्यवधानआदि जेजस्ता छन् त्यसबारे पनि खोजी हुनु जरुरी छ । चर्चा हुनु जरुरी छ । समग्र भूटानी र भावी पुस्तासम्मले जान्नु पाउनु जरुरी छ ।
शरणार्थीहरूको व्यवस्थापनमा जुटेका शिविर सचिवमा चुनिएर सक्रिय तर विवादरहित हुनेहरू मध्ये मेनुका नेपाल, गरिमा अधिकारी, प्रताप सुब्बा, एन.के खरेल, पदम रिजाल, धनपति अधिकारी, के.बी.खड्का, पूर्ण गुरुङ्ग, पशुपति आचार्य, रुद्र खतिवडा, मनोज राई, चम्पासिंग राई, रामबहादुर दाश, इन्द्र प्रधानआदि पर्दछन् । यसका अतिरिक्त वर्षैपिच्छे चुनिएर शिविर सचिव नियुक्त हुनेहरूबाट नगन्य व्यवधान उत्पन्न भए पनि अधिकांशबाट विवादरहित व्यवस्थापन भएको मान्नु पर्ने हुन्छ । शरणार्थीको हीत र जन–आन्दोलनको मर्मभन्दा नीजिस्वार्थमा बहकिएका हरि अधिकारी बंगालेको भूमिका भने अत्यन्तै विवादित मान्न कर लागेको छ । धेरै सानो समूहबाट साथ दिनेहरू खुट्टिए पनि बहुमतबाट कहिल्यै समर्थन पाएको अनुभव छैन । उनीबाट विदेशीसमूहको इशारामा भएका अराजक गतिविधिले समाजलाई विखण्डनमात्र तुल्याएन आफैंका लागि पनि ऐतिहासिक अभिशाप सावित गरिदिएको छ ।
आर.के.बुढाथोकी:
मुलुकको दमनकारी नीति परिवर्तन गराउने लक्ष्यकासाथ आर.के.बुढाथोकी स्वेच्छाले निर्वासनतर्फ लाग्नुभयो । वहाँको प्रजातान्त्रिक आह्वानलाई भूटानी जनताले समर्थन दिए । दुर्भाग्यवस् निरङ्कुशताको विरुद्धमा घन्किएको शान्तिपूर्ण आन्दोलन सेनाद्वारा दवाइने असफल प्रयास गर्दा बीस प्रतिशत जनता निर्वासनमा धकेलिनु पर्ने परिस्थिति आइलाग्यो । नेपालले आश्रय दिएपछि आन्दोलन अधिबढाउने क्रममा देखिएको अनेकताका बाबाजुद पनि धेरै कामहरू भएका छन् । तर पनि आपसी खिचातानी मनमुटाव, निहीत श्वार्थ र अहंपनाले सोचेजस्तो सफलता हात लाग्न नसकेको विषय दोहोर्याइ रहन पर्दैन ।
विभाजित आन्दोलनलाई एकताका बाध्ने ध्येयले आर.के.बुढाथोकी र रतन गजमेर एकसय छब्बीस घन्टा लामो अनशन बस्नुभयो । विभाजित मनस्थिति होइन संयुक्तरूपमा अघिबढ्ने लक्ष्य राख्ने बुढाथोकीमाथि ९ सेप्टेम्बर २००१ मा नेपालको झापास्थित दमकमा शरणार्थी युवासमूहलाई सम्बोधन गर्नेक्रममा सुनियोजित आक्रमण हुनपुग्यो । साहसी युवा नारद दाहालले यस् पङ्तिकारतर्फ आइलागेको हत्याराको हातबाट खुकुरी खोसे पनि अपराधीहरू बरण्डामाथिबाट हामफाल्न सफल भए । घटनास्थल बाहिर चालुअवस्थामा राखिएको गाडीबारे सुँइकोसम्म पाइएन । स्थानीय प्रशासनले हत्यारालाई सजायको भागीदार बनाउन नसक्दा अझैसम्म झापाका शरणार्थी शिविरमा असामाजिकतत्वको उदण्डता देखापर्ने गर्छ । शान्तिराम नेपाल, रमेश सुब्बा, के.बी.खड्काआदि शरणार्थी अगुवाहरू यीनै अपराधीहरूका हातबाट मारिएका छन् ।
व्यक्तिगत लाभ र सुविधा परित्याग गरी निर्वासनबाटै जन–आन्दोलनको नेतृत्व सम्हाल्नु हुने बुढाथोकीको जन्म सन् १९५७ जुलाई २६ मा साम्ची जिल्लाको बाँडा ब्लकमा भएको थियो । पिता टेकबहादुर बुढाथोकी र माता हरिमाया बुढाथोकीका जेष्ट पुत्र बुढाथोकीले बाँडा प्राइमरी स्कूलबाट प्राथमिक शिक्षा हासिल गरेपछि डन्बस्को टेक्निकल स्कूल फुन्छोलिङ्गबाट दशौं कक्षा उतीर्ण गर्नुभयो । वहाँ पहिलो कक्षामा हुँदा म (लेखक) त्यसै स्कूलमा कक्षा दुईमा अध्ययनरत थिएँ । अत्यन्तै शालीन स्वभावका राजकुमार सबैको प्यारो विद्यार्थी साथी हुनुहुन्थ्यो । वहाँको नाउ राजकुमार भए पनि कुमार मात्र लोकप्रिय थियो । सबै खेलहरूमा रुची भए पनि नृत्यतर्फ बढी अग्रसर देखिनु हुन्थ्यो । तत्कालीन चिफ सेक्रेटरी (पछि गृहमन्त्री) ताम्जी जगर स्कूल निरिक्षणमा आउँदा ‘हातै काट्यो बरै चालीसे चुराले’ भन्ने गीतमा छमछमी नाचेको दृश्य अझैसम्म सम्झना छ ।
एकदिन मध्यान्हको समयमा खेल्नेक्रममा कुमारलाई चोट लागेपछि घर लगियो । त्यसपछि हाम्रो कहिल्यै भेट भएन । सन् १९७२ मा तेस्रो राजा जिग्मी दोर्जी वाङ्गचुकको उपचारक्रममा नैरुबीमा निधनहुँदा हिन्दू विधिअनुसार श्रद्धाञ्जलीसहित चिर शान्ति कामनाका निम्ति वेदोक्त मन्त्र पाठ गराउने उद्देश्यमा राजा जिग्मी सिंङ्गे वाङ्गचुकले दक्षिण भूटानका सत्रजना ब्राह्मणलाई टाशि–छो–जोङ्ग थिम्फु निम्त्याइएको समूहमा म पनि सहभागी थिएँ । थिम्फु पुगेपछि अचानक साथी कुमारसित भेटभयो । कयौं वर्षपछि भेटहुँदा हामी दुवैलाई हुनसम्मको खुशी लागेको थियो । त्यसबखत् आफु त गाउँमा साधारण कृषक, व्यापारी मात्र थिए । वहाँचाहिँ भूटान दूरसञ्चार विभागमा सुपरभाइजर, कोर्ट अफ भिजिलेन्समा सिनियर एस.ओ, बजेट ब्यूरोमा एसिस्टेन्ट डाइरेक्टर हुँदै त्यसबखत् कर तथा भन्सार विभागमा एसिस्टेन्ट डाइरेक्टर हुनुहुँदो रहेछ ।
निरङ्कुश ब्यवस्थाको विरुद्धमा लाग्ने ध्येयले ३ नोभेम्बर १९८९ मा परिवार मुलुकभित्रै छाडी निर्वासनमा पुगेपछि सम्पर्क साधनको अभावमा अन्य साथीहरू सँग भेटहुन समय लाग्यो । भूटानको नीति विरुद्धमा लाग्ने निर्वासितहरूका लागि भारतभूमि झन जोखिमपूर्ण थियो । वहाँ हामीभन्दा केहि समयपछि निर्वासित हुनु भएछ । स्वतन्त्रभूमि भए पनि भारतमा लुकीछिपी हिड्नुपर्ने वाध्यताले लामो कसरतपछि फरवरी १९९० मा सिलिगुडी शहरमा हाम्रो भेट भयो । भारत सरकार र त्यहाँका जनातामा भूटानीहरूले भोग्दैआएको समस्या अवगत गराउने उद्देश्यले वहाँकै संयोजकत्वमा जागीरमान लामा, मधुसूदन ढकाल, दुर्गा सिटौला र यस पङ्तीकारसहित सातजनाको टोली दिल्लीतर्फ लागियो ।
महिना दिनसम्मको दिल्ली बसाईपछि १७ मार्चमा बाराणसीस्थित बनारस हिन्दू विश्वविद्यालयमा भूटानी इतिहासमै पहिलोचोटी राजतन्त्रले जनतामाथि गर्दैआएको अन्यायका विरुद्धमा ‘भूटान में प्रजातन्त्र स्थापना के लिए विचार गोष्ठी’ शिर्षकमा एक दिवसीय सेमिनारको आयोजना गरियो । निरंकुशताको विरुद्धमा लड्न एउटा राजनीतिक दलको स्थापना गर्नु अपरिहार्य हुन्छ भन्ने सेमिनारमा उपस्थित बुद्धिजीवीहरूको निष्कर्ष रह्यो । परिस्थितिप्रति चिन्तितहुँदै वहाँकै अध्यक्षतामा २ जून १९९० मा ‘भूटान पिपल्स पार्टी’ स्थापना भयो । विधानअनुसार हरेक पाँच वर्षमा हुने निर्वाचनमा वहाँ नै तीनपटकसम्म निर्विरोध अध्यक्ष रहनु भयो ।
दिल्लीमा प्रयास गर्दैजाँदा एल.के.आडवानी, जर्ज फर्नानडेज, इन्द्रजीत गुप्ता, सोमनाथ च्याटर्जी, राजीव गान्धी, ए.भी.वर्धन, स्वामी अग्नीवेश, भी.एम.तार्कुण्डे, प्रोफेसर डी.प्रेमपति, रवी नायर, अरुणकुमार सिंह, जसवन्त सिंह, आनन्दस्वरूप वर्मा आदि राजनीतिक र गैर राजनीतिक व्यक्तित्वहरूसित भेटभयो । भूटानको निरङ्कुश व्यवस्थाको क्रूरता र जनताको भोग्दै आएको दयनीय अवस्थाबारे जानकारी गराई सहयोगका निम्ति अपिल गरियो । महिना दिनसम्मको दिल्ली बसाईपछि १७ मार्चमा बाराणसीस्थित बनारस हिन्दू विश्वविद्यालयमा भूटानी इतिहासमै पहिलोचोटी राजतन्त्रले जनतामाथि गर्दैआएको अन्यायका विरुद्धमा ‘भूटान में प्रजातन्त्र स्थापना के लिए विचार गोष्ठी’ शिर्षकमा एक दिवसीय सेमिनारको आयोजना गरियो । निरंकुशताको विरुद्धमा लड्न एउटा राजनीतिक दलको स्थापना गर्नु अपरिहार्य हुन्छ भन्ने सेमिनारमा उपस्थित बुद्धिजीवीहरूको निष्कर्ष रह्यो । परिस्थितिप्रति चिन्तितहुँदै वहाँकै अध्यक्षतामा २ जून १९९० मा ‘भूटान पिपल्स पार्टी’ स्थापना भयो । विधानअनुसार हरेक पाँच वर्षमा हुने निर्वाचनमा वहाँ नै तीनपटकसम्म निर्विरोध अध्यक्ष रहनु भयो ।
शक्ति विभाजनलाई मूल प्रवाहमा ल्याउने प्रयासमा वहाँको महत्वपूर्ण भूमिका रहन्थ्यो । भूटानी जनताको उद्देश्य पूरा गर्न गठित बीसीडीआर, बीसीडीएम, संयुक्त प्रजातान्त्रिक मोर्चा र भूटानी शरणार्थी प्रतिनिध स्वदेश फिर्ती समितिहरूमा वहाँको प्रभावकारी भूमिका हुने गर्थ्यो । बीसीडीएमको कार्यक्रममा सहभागी हुनजाँदा भारतीय प्रशासनले एक हप्तासम्म आलेपूरद्वार जेलमा बन्दी बनाएपछि हामी सयभन्दा बढी साथीहरूसहित बिनाशर्त रिहा भएका थियौं । वहाँले भूटानी जन–आन्दोलनको पीडालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन दुईचोटी युरोपेली मुलुकहरूको भ्रमण गर्नुभएको थियो ।
स्वर्गीय बुढाथोकीमा एक मार्गदर्शन थियो । बलिदानको भाव थियो । त्याग, निष्ठा र गरिबीको पीडा थियो । प्रलोभन थिएन । स्वाभिमान थियो, घमण्ड थिएन । लक्ष्य थियो, कायरपन थिएन । मुलुकको बेथिति, जनताको दयनीय अवस्था, चाहना र आवश्यकताको पूर्ण ज्ञान थियो । र, मुलुकलाई निरंकुशताको पञ्जाबाट मुक्त गराउने विशाल सपना पनि थियो । निर्वासित जीवनका धेरै यस्ता महत्वपूर्ण कार्यहरू छन् जसले वहाँको कार्य–कौशलता र योग्यताको प्रमाणित गर्दछ । भूटानी जनताको वहाँप्रतिको श्रद्धा एवम् विश्वास वहाँकै शवयात्रामा सहभागी अपार जनसमुदायको उपस्थितिबाट अभिव्यक्त भइसकेको छ ।
बुढाथोकीको असामयिक निधनपछि लामो समयसम्म आन्दोलनको गति अन्योलग्रस्त रह्यो । राजनीतिक दलहरूको प्रयासबाट संयुक्त मोर्चा गठन गर्ने प्रयासमा बिएनडीपी समावेश हुन रुचाएन । भूटान पिपल्स पाटी, ड्रुक नेशनल कांग्रेस (डेमोक्रेटिक) र बीजिएनएलएफले ठिन्ले पेञ्जोरको नेतृत्वमा नेशनल फ्रन्ट फर डेमोक्रेसी भूटान गठन गरी सन् २००७ मई २८ मा भूटान जाने निश्चित गर्दै शान्ति पदयात्रा आरम्भ भयो । नेपालस्थित राजनीतिक दलका जिल्लास्तरीय नेताहरूसहित पाँच हजारभन्दा बढी भूटानीहरू नेपाल–भारत सीमा मेची पूलमाथि पुगेर भूटान पुग्नका लागि बाटो लागे । शान्ति पदयात्री भूटानीलाई साथदिने उद्देश्यमा दिल्लीबाट आएका भूटान सोलिडारिटी भारतका अध्यक्ष डा० सुनिलाम मिश्र, भारतीय समाजवादी दलका ब्रिज भुषण तिवारीसहितको टोलीलाई बंङ्गाल प्रशासनले सिलिगुडीबाट अघिबढ्ने अनुमति दिएन । शान्ति पदयात्रीहरू मेची पूलमा नपुग्दै भारतको सीमा सुरक्षा बलद्वारा पूलको मध्यभागमा तीन तहको फलामेबार (ब्यारिकेड) खडा गराई हतियारसहितका जवानहरू तैनाथ राखिए । आयोजक मोर्चाका शिर्षस्थ नेताहरू र धर्नामा बसेका भूटानीमाथि बेलुकी समयमा लाठी चार्ज भयो । लाठी चार्ज र अश्रुग्यास प्रहारहुँदा नेतासहित धेरै भूटानीहरू सख्त घाइते भए । भारतीयपक्षबाट गोली प्रहारबाट शरणार्थी सहबहादुर सिवाले सहदत प्राप्त गरे ।
टेकनाथ रिजाल:
समूहगत प्रयासबाट उपलब्धि हासिल नभएपछि मार्च २००६ मा बृहत् कार्यक्रम अघिबढाउने उद्देश्यले ‘भूटनिज् मुभमेन्ट स्टियरिङ्ग कमिटी’ गठन गरियो । ‘मलाई नेतृत्व दिए राजा जिग्मी सिङ्गे वाङ्गचुकको निधारमा सुपारी ठोकेर भएपनि वर्ष दिनभित्र सबैलाई घर फर्काउँछु’ भनी टेकनाथ रिजालबाट नेतृत्व सम्हाल्ने मनशाय व्यक्त भयो । वहाँको आशयलाई आर.बी.
बस्नेत, हरि अधिकारी, डिएनएस ढकाल समूहबाट स्वीकार गरिएन । रतन गजमेर, एस.बी.सुब्बा लगायत अधिकारकर्मीहरू पनि रिजाललाई नेतृत्व दिनुहुन्न भन्ने पक्षमा यस अघिनै अडिग थिए । यद्यपि अन्य निर्वासित राजनीतिक दलहरूको प्रयासबाट समर्थन दिएर जन–आन्दोलनको संयुक्त बागडोर रिजालको हातमा जिम्मा दिइयो ।
नेपालका प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालासमक्ष गृहमन्त्री कृष्णप्रसाद सिटौला र चक्रप्रसाद बाँस्तोलाको उपस्थितिमा टेकनाथ रिजाल, ठिन्ले पेञ्जोर र यस पङ्तिकारसहितको संयुक्त हस्ताक्षरित निवेदन चढाइयो । नेपाल सरकारबाट बाहिरीश्रोत परिचालन गरी शान्तिपूर्ण अभियानका लागि सहयोग जुटाइदिने आश्वासन पाएपछि स्टेयरिङ्ग कमिटीको समर्थनमा शरणार्थी समूहसहित संयुक्त मोर्चाले शान्ति पदयात्रा लिएर अघिबढ्ने लक्ष्य लियो । युरोप, अमेरिका पुगिसकेका भूटानी र अन्य शुभचिन्तकहरूबाट संकलन गरिएको सहयोग राशी एकजना नेपाली र सभापति रिजालको नाममा खोलिएको बैङ्क एकाउण्टमा थपिँदै गए ।
दुर्भाग्यवश् ! सम्पूर्ण निर्वासित शरणार्थीहरूको समर्थन पाएर सबैको भविष्यसँग जोडिएको पछिल्लो प्रयासको कार्यक्षेत्र व्यापक र विशाल हुँदाहुँदै सभापतिका कार्यशैलीहरू पारदर्शी हुन सकेनन् । सर्वोच्च कमाण्डर हुँदाको घमण्ड वा अनुभवहीनताले हो, आधा वर्ष नबित्दै वहाँको चरित्रमा विश्वासै नलाग्ने परिवर्तन देखा पर्यो । कमिटीको विधान, उद्देश्यभन्दा बाहिरका गतिविधिहरू परिचालित हुँदै गए । व्यक्तिगत निर्णयबाट स्वदेश फिर्ती समितिमा पदेन सदस्य हरि अधिकारी (बङ्गाले), मनोज राईसहित सातै शिविरका सचिवहरू निलम्बनमा परे । वहाँको एक्लो निर्णय गलत थियो । परिणाममा शरणार्थीहरू स्वतः दुई कित्तामा विभाजित हुनपुगे ।
सुनिएको थियो ‘धनको मुख रातो हुन्छ’ परिणाम ठीक त्यस्तै भयो । भारतीय अवरोधहरू छिचोल्दै हजारौं निरीह निर्वासितहरू मेचीपूलबाट अघिबढ्दासम्म नेपाल सकारबाट दिइएको आर्थिक सहयोगबारे स्टियरिङ्ग कमिटी अनभिज्ञ रह्यो । जन–आन्दोलन परिचालनका लागि आर्थिक सङ्कट थपियो । पदयात्रामा घाइते भएकाहरू खर्चको अभावमा झापाका विभिन्न अस्पतालहरूमा छट्पटाइरहँदा आन्दोलनका सर्वोच्च कमाण्डरकी कान्छी श्रीमतीको नाममा रहेको विर्तामोडस्थित कौशिला कुञ्जका तलाहरू थपिँदै गए । यस घटनाबाट नेतृत्वप्रति निर्वासितहरूको मन अझै कुँडियो ।
नेपाल सरकारले बाहिरी श्रोतबाट नभई राष्ट्रियश्रोतबाट तीनवर्षसम्म मासिक एकलाखका दरले रिजालमार्फत भूटानी आन्दोलनलाई सहयोग दिइरहेको सरकारी कर्मचारीहरूले खुलासा गरे । स्टेयरिङ्ग कमिटिका सभापति रिजाललाई यसबारे जिज्ञासा राख्दा उल्टै आफैं भूटानको डिभाइसद्वारा कन्ट्रोल भइरहेको पीडितव्यक्ति हुँदा विशेष गोप्य कुराहरू नसोध्नु, नसुनाउनु भन्नेजस्ता भ्रमित कुरा गरेर सबैलाई अल्मल्याउने प्रयास भयो । लाखौं सहयोग भइरहेको विषयमा नेपालका राष्ट्रिय अखबारहरूमा पटकपटक प्रकाशितहुँदा पनि कमिटिका सदस्यहरूसँग भेट्नसम्म राजी नभएपछि अन्ततः रिजाललाई नेतृत्वको जिम्मेवारीबाट हटाउन वाध्य हुनुपर्यो । यद्यपि निर्णय आउन ढिलो भइसकेको थियो । आर्थिक अभावमा जन–आन्दोलन अघिबढ्न सक्नेस्थितिमा रहेन । नेतृत्वप्रति निर्वासितहरूको वितिष्णा थपियो । परिणाममाः भूटानी जन–आन्दोलन अघिबढ्नै नसक्ने अवस्थामा थन्कियो ।
ग्रिन्सो नेपालले काठमाडौंमा आयोजना गरेको नेपालको पछिल्लो जन–आन्दोलनका प्रमुख सात दलका प्रतिनिधिसहित भूटानी शिर्षस्थ नेताहरूको दोस्रो बैठकले, टेकनाथ रिजाललाई शरणार्थी नेता स्वीकार्दै सहयोगका लागि नेपाल सरकारसमक्ष सिफारिस गरेको थियो । यसैका आधारमा सरकारले वहाँका लागि सरकारी गाडी मासिकरूपमा आवश्यक इन्धन र अङ्गरक्षकसहितको सुविधा दिने निर्णय लियो । यद्यपि पटकपटक मेरा लागि नेपाल सरकारबाट कुनै सहयोग भएन भन्दै अझैसम्म कृतिम आँसुसहित मन्त्री तथा ठूला–बडाकहाँ धाइरहेको सुन्न, र देख्नपर्दा लाजले समग्र भूटानीहरूको शीर निहुरिएको छ ।
हाम्रो विडम्बना ! सन् १९५० मा जन–आन्दोलनका प्रथम नेता महासुर क्षेत्रीलाई निर्दयताकासाथ छालाको धोक्रोमा बन्द गरी सुनकोश नदीमा डुबाइयो । त्यसपछि नेतृत्वमा पुगेका डिबी गुरुङ्ले सन् १९६८ मा राजासित सम्झौता गरी आजीवन मासिक हजार रुपैयाँ लिने शर्तमा जनताको अधिकार दरवारमा बुझाएको पीडा सबैलाई दुखिरहेकै छ । पछिल्लोपटक सन् १९९०–९१ को दोस्रो ठूलो जन–आन्दोलनका स्थापित नेता आर.के.बुढाथोकीको हत्यापछि सक्षम नेतृत्व पर्खाइमा रहेका भूटानी जनतामा दश वर्ष लामो कठोर कारावास भोगिआएका टेकनाथ रिजालबाट अग्रसरता देखाउनु आफैंमा स्वागतयोग्य कदम मानियो । तर मीठो सपना देखाउँदै नेतृत्वमा पुगेलगत्तै वहाँले धोखा दिन हिच्किचाउनु भएन । रुपैयाँमात्र सबै विषय थिएन र होइन पनि । आर्थिक अभाव भए वहाँले नै निशंकोच प्रयोग गर्दा कसैको गुनासो र खोजी हुने थिएन । तर, नेतृत्वमा पुगेको वर्षदिन नबित्दै आन्दोलनका सम्पूर्ण गतिविधि ठप्पगराइ आफैं गुमनाम बसिदिनुपछिको रहस्य अत्यन्तै अनौठो र गम्भीर हुँदा सबै निर्वासित, शुभचिन्तकहरूमा चिन्ता बढेको छ ।
पश्चाताप् यो रह्यो कि वहाँले धेरै समयको मौनतापछि सन् २०१८ को मईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै गर्दा काठमाडौंका मिडियाहरूमा देखापर्दै आन्दोलनमा सहभागी नेतृत्व कसैलाई नचिनेको, पुनर्वास जानेहरूले आफ्नो अभियानमा वाधा पुर्याएको र शरणार्थी समस्या नीजिमुद्दा भएको भन्नेजस्ता खेदपूर्ण अभिव्यक्ति दिएर आफैंलाई शंकाको घेराभित्र उभ्याउनु भएकोछ । हामी सबैको चहाना सम्पूर्ण भूटानीहरू जो, जति आफ्नो जन्मभूमिबाट लखेटिएका छौं सबैले फर्कन पाउनुपर्छ भन्ने हो । परिस्थितिवश जहाँ बसे पनि आ–आफ्नो क्षमता र योग्यताले भ्याएसम्म मुलुकका लागि, परिवार र समाजका लागि संघर्षमा सहभागिता जनाउन पाउने अधिकारबाट कसैलाई वञ्चित गराइनु हुन्न । तर वहाँका पछिल्ला अभिव्यक्तिहरू अत्यन्तै दुःखद् र खेदजन्य छन् । यस्ता लज्जास्पद, सङ्कुचन विचार र विरोधाभाष अभिव्यक्तिले जनमानसमा वहाँप्रतिको विश्वासमा द्विविधा उत्पन्न गराइदिएको छ । साँगसँगै कतै फेरि पनि टासिछोजोङ्गलाई हाइसञ्चो दिलाउने अभ्यास त भइरहेको त छैन ? भन्ने कौतुहलसमेत थपिदिएको छ । मानिस कोही पनि सर्वगुण सम्पन्न हुँदैन । अज्ञानताले नचाहँदा नचाहँदै भूलभएको हुनसक्छ । तर, जानीजानी गरिने गल्ती अक्ष्यम्य अपराध मानिन्छ । परिस्थितिवस् वर्तमान मौन रहला भूटानी इतिहासले कहिल्यै, कसैलाई क्षमा दिने छैन ।
आर.बी. बस्नेत :
स्व० आर.बी.(रणबहादुर) बस्नेतसँग मेरो पहिलेदेखिको चिनाजान होइन । भूटानछँदा राष्ट्रिय फुटबल खेलाडीको रूपमा ‘रणे बस्नेत’ भनेर सुनिएका व्यक्ति हुनुहुन्थ्यो । भूटानीहरू शरणार्थीको रूपमा नेपाल प्रवेश गर्नेक्रममा वहाँलगायत धेरै उच्च ओहोदामा हुनेहरू काठमाडौं आएर आन्दोलनको छुट्टै मोर्चा गठन गर्दासम्म पनि मेरो भेट हुनसकेको थिएन । संयुक्त आन्दोलन अघिबढाउनेक्रममा बिसिडिएम गठन भएपछि झापाआउँदा भने मैले वहाँसित भेट्ने मौका पाएँ । पहिलो भेटमा वहाँलाई धेरै महत्वकांक्षी व्यक्तिको रूपमा चित्रण गरेको थिए । तर जब वहाँ झापामै बस्ने गरी डेरा लिनुभयो तब धेरैपटक हामी दुईजना मात्र बसेर पटकपटक घण्टौंसम्म कुरा गर्दा पहिलो भेटको भ्रम हटेर गएको थियो ।
पछिल्लोपटक बाक्लो भेटघाटपछि वहाँलाई साथीहरूबाट पार्टीको अध्यक्ष भए पनि अन्योलता भित्रै राखिएको अनुभव गरेको थिए । गाउँले साथी हुँदाहुँदै रिजाललाई नेतृत्वमा ल्याउन बिएनडीपीको अनविश्वासबारे पनि खुलस्त कुरा भएको थियो । एक अभिन्न मित्र हरि अधिकारीको विश्वास जित्न नसक्नु रिजालको कमजोरी मात्र होइन डास्यो हुँदाकै अहंपना, सुरा, सुन्दरी र सौगातप्रतिको मोह त्याग्न नसक्नु उनको कमजोरी हो भन्नुभएको झल्झली सम्झना छ ।
आर.बी. बस्नेतलाई विमारले सताएको रहेछ झापाबाट काठमाडौं जाने अघिल्लो दिन विर्तामोडस्थित ‘कौशिला कुञ्ज’ रिजालको नीजि निवासमा हामीसँगै पुगेका थियौं । आगामी दिनमा बिएनडीपीले रिजालको नेतृत्वमा होइन, राजनीतिक दलहरूको मोर्चामा सहभागी हुने मनसाय व्यक्त गर्दा रिजाल र बस्नेतबीच केही व्यग्यात्मक तर अति संवेदनशील वाक्यहरूको प्रयोगसहितको विवाद भएको थियो । नेतृत्व सम्हाल्न योग्य व्यक्ति हुँदाहुँदै सहयात्रीहरूबाटै सहयोग नपाउँदा आरबी बस्नेत सँधै ठगिनु भएको मेरो अनुभव छ । हाम्रो दुर्भाग्य होला रोगले अतिनै च्यापेपछि काठमाडौं जानुभएका बस्नेतलाई झापामा मृत शरीर आइपुग्दा कुशामट्टी दिनबाहेक अन्य सहयोग गर्न पाइएन । मलाई लाग्छ वहाँको योग्यतालाई जन–आन्दोलनको हिस्सा बनाउन नसक्नु हामी सबैको कमजोरी थियो । सम्भ्रान्त परिवारमा हुर्किए पनि उद्देश्य, लक्ष्य साथमा हुँदाहुँदै परिस्थितिअनुसार अग्रसरता देखाउन नसक्नु वहाँको राजनैतिक भूल थियो ।
रोङ्थोङ् किन्ले दोर्जी:
स्व० आर.के. दोर्जी (रोङ्थोङ्) पनि मैले पहिल्यै चिनेका व्यक्तिमा पर्नुहुन्न । वहाँ सुदुरपूर्वी जिल्लाका एक धनाढ्य पुरुष, पूर्व रानीकी दिदी विवाह गर्ने ठेकेदार हुनुहुँदो रहेछ । अर्का व्यापारी किप्चुसँगको व्यक्तिगत झगडाबाट अन्यायमा पर्दा र अन्य आन्तरिक घरेलु विवादका कारण जेल कोचिएपछि प्रतिशोध साध्नकै लागि भए पनि जेलमुक्त हुनासाथ निर्वासित हुनुभएको रहेछ । जातिगत हिसाबमा सार्छोप भए पनि साम्ड्रुपजोङ्गखर भेकका जनतासँग सुमधुर सम्बन्ध बनाउनु हुने रोङ्थोङ् किन्लेको ल्होछाम्पाहरूको पीडामा सहभागिता जनाउनु नै वहाँको महानता थियो । सार्छोपहरूको छुट्टै दल गठन गरेपछि संयुक्त प्रजातान्त्रिक मोर्चा बनाई वहाँकै नेतृत्वमा भारतको सहयोग पाउने इच्छा बोकी दिल्लीजाँदा भूटानमा सुपुर्दगी गराउने प्रयास भएपछि कानुनी लडाई लड्दा लड्दै लामो समय भारतीय जेलभित्रै बितेर गयो । मुद्दा फर्छैट भई नेपाल आएपछि वहाँसित मेरो भेट भयो । व्यापारिक चरित्र भएका, निरंकुशताप्रति घृणा गर्ने व्यक्तिकै रूपमा मैले वहाँलाई चिनेको थिए । आन्दोलनको सर्वोच्च स्थानमै पुग्नचाहने स्वभाव वहाँको थियो । स्वदेशफिर्तीको प्रसंगमा केहि मात्रामा जनता फर्काउनुपर्छ भन्ने धारणासुन्दा मनभित्र खल्लोपन महसुस हुने गर्थ्यो । दरवारभित्रका गोप्य भेद थाहा पाएका व्यक्तिहुँदा भूटानी आन्दोलनमा वहाँको आवश्यकता अनिवार्य थियो । काठमाडौंमा लामो छलफलपछि पुनः संयुक्त आन्दोलनको नेतृत्व सम्हाल्ने सहमति भई संयुक्त प्रेस सम्मेलनसम्म गरिएको अवस्थामा काम विशेषले दिल्ली गएर नेपाल फर्कनेक्रममा सायद वहाँमाथि कसैद्वारा आक्रमण गरिएको हुनुपर्छ । काठमाडौं आइपुग्दा शरीर भरि चोटैचोट देखिन्थ्यो । एक्सिडेन्टमा परियो भनेर हामीलाई आश्वस्त पार्न खोजिए पनि वहाँको नजरले अर्कै पीडा बोलिरहेको महसुस हुन्थ्यो । त्यसबखत एकदमै त्रसित मुद्रामा देखिँदा अरुलाई भन्न नरुचाए पनि भित्री चोट अत्यन्त पीडादायी भएको मेरो अनुमान रह्यो । वहाँको हामीसितको लामो सम्बन्ध नियतीलाई मञ्जुर भएन । उपचार गराएर आउँछु भनी सिक्किमतर्फ गएपछि फर्कन सक्नुभएन । काठमाडौंमा पार्टीद्वारा आयोजित शोक सभामा श्रद्धाञ्जली अर्पण गरेर चित्त बुझाइयो । धेरैजनामा रहेको आत्मविश्वास पनि वहाँको असामयिक निधनले अधुरै, अपुरै छाडिदियो ।
दरवारभित्रका गोप्य भेद थाहा पाएका व्यक्तिहुँदा भूटानी आन्दोलनमा वहाँको आवश्यकता अनिवार्य थियो । काठमाडौंमा लामो छलफलपछि पुनः संयुक्त आन्दोलनको नेतृत्व सम्हाल्ने सहमति भई संयुक्त प्रेस सम्मेलनसम्म गरिएको अवस्थामा काम विशेषले दिल्ली गएर नेपाल फर्कनेक्रममा सायद वहाँमाथि कसैद्वारा आक्रमण गरिएको हुनुपर्छ । काठमाडौं आइपुग्दा शरीर भरि चोटैचोट देखिन्थ्यो । एक्सिडेन्टमा परियो भनेर हामीलाई आश्वस्त पार्न खोजिए पनि वहाँको नजरले अर्कै पीडा बोलिरहेको महसुस हुन्थ्यो । त्यसबखत एकदमै त्रसित मुद्रामा देखिँदा अरुलाई भन्न नरुचाए पनि भित्री चोट अत्यन्त पीडादायी भएको मेरो अनुमान रह्यो । वहाँको हामीसितको लामो सम्बन्ध नियतीलाई मञ्जुर भएन । उपचार गराएर आउँछु भनी सिक्किमतर्फ गएपछि फर्कन सक्नुभएन । काठमाडौंमा पार्टीद्वारा आयोजित शोक सभामा श्रद्धाञ्जली अर्पण गरेर चित्त बुझाइयो ।
पहिलो संयुक्त अभ्यास बिसिडिएम डीएनएस ढकालको संयोजकत्वमा हुँदा, बिआरआरआरसी एस.बी.सुब्बाको अध्यक्षतामा रहँदा, नेशनल फ्रन्ट फर डेमोकेसी भूटान ठिन्ले पञ्जोरको अध्यक्षतामा परिचालित हुँदा हामीले सँगसँगै बसेर काम गर्ने सुअवसर पाएका थियौं । डा.भम्पा राई, दुर्गा गिरी, रतन गजमेर, जोगेन गजमेर, गोपाल घिमिरे र टेकनाथ रिजालबाहेक हरि अधिकारी, भीम सुब्बा, किशोर राई, डिबी राणा साम्पाङ्ग, गणेश सुवेडी, नारद अधिकारी, गोपाल गुरुङ, छेकु डुक्पा, जागीरमान लामा, टिबी गुरुङ , टिबी थापा, डीपी काफ्ले, थिन्ले पेञ्जोर, रिन्जिन दोर्जी, गावा जाङ्पो, राजमान गुरुङ, धनपति अधिकारी, राम कार्की र सूर्यमान खड्का आदि आन्दोलनक्रममा परिचय पाइएका मेरा सहयात्रीहरू हुनुहुन्छ । सँगै काम गर्दा अज्ञानतावस मेरा केही कमजोरी देखिएजस्तै सबैका आ–आफ्नै अनुभव र कमजोरीहरू रहे होलान् । सबैमा एक अर्काबीचको अनुभव र कमजोरीहरू साटासाट भएकै हुनुपर्छ । अनित्य जीवन छाडेर जाने योद्धाहरू फर्केर नआए पनि जीवित हुनेहरू एकै थलोमा उभिएर योग्यता, दक्षता र अनुभव साटासाट गर्ने हो भने अझै पनि एक युगान्तकारी परिवर्तन ल्याउनसक्ने वातावरण स्थापित गराउनसकिने अवस्था गुमेको छैन । आफ्नो जीवनकालमा कुनै सुविधायोग्य अधिकार उपभोग गर्न नपाइला ? तर भावी सन्ततीका लागि सजिलो जीवन जिउनसक्ने आधार तयार गराउन सकिन्छ । यसका लागि केवल खुल्ला हृदय, आत्मविश्वास, सच्चाई र इमान्दारिता चाहिन्छ ।
(पौडेल भूटान आन्दोलनको जानकार साथै “भूटान पिपल्स पार्टी’”को वर्तमान अध्यक्ष हुनुहुन्छ |)