@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind the Curtain” पनि एकैसाथ प्रकाशित गरिएको छ।
पौडयालका अनुसार, “बाहिरी संसारले देखेको भूटान, शासकहरूले बनाएको कागजी आवरण हो। भूटानको वास्तविकताअझै पर्दापछाडि लुकाइएको छ।” उनका अनुसार– पुस्तकले पाठकहरूलाई सत्य बुझ्नमा सघाउ पुर्याउनेछ।

पुस्तकमार्फत उनले लाखाै पीडित भूटानी नागरिकको आवाजलाई दस्तावेजीकरण गर्न खोजेको बताएका छन्। “अब तयस्तो समय आयो, जहाँ आफ्नै इतिहास पनि हराउने अवस्था छ,” पौडयालले भने।
शरणार्थीको तेस्रो देश पुनर्वास योजनामा असहमति जनाउँदै ससम्मान स्वदेश फिर्तिका लागि बलराम पौडयाल अहिले पूर्वीनेपालको झापास्थित बिर्तामोडमा रही स्वैच्छिक घर फिर्ती अभियानमा सक्रिय छन् । तर, आन्दोलन विभिन्न राजनीतिकध्रुवीकरण र असहमतिका कारण कमजोर भएकोमा उनी चिन्तित पनि छन्।
पौडयालले यसअघि “भूटान फर्कंदा” (१९९५),“भूटान हिजो र आज”(२००१) र“सुबोल” (२००७) प्रकाशित गरिसकेकाछन्।
यद्यपि, ‘पर्दापछाडिको भूटान’ उनका अनुसार सबैभन्दा गहिरो आत्मसमीक्षा र राज्यको असली चित्र प्रस्तुत गर्ने पुस्तकहो।
